
म्याग्दे : म्याग्दे गाउँपालिका वडा नं. ७ वस्ने ४५ वर्षिय दिपक भण्डारी विहिवारबाट म्याग्दे गाउपालिकाको भवनको प्राङ्गणमा धर्ना बसेका छन् ।
अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐन, २०७४ अनुसार राज्यले निर्माण गरेको अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि नियमावली २०७७ अनुसारको सेवा सुविधा र अवसर सुनिश्चित हुनु पर्ने भन्दै म्याग्दे गाउँपालिकाको भवन अगाडी धर्ना बसेका छन् ।
भण्डारीले २०७९/०५/०८ गते भएको सम्झौता अनुसार गाउँपालिकाले कार्य सप्पन्न नगरेकाले पुनः धर्नामा बस्न बाध्य भएको जनाएका छन् ।