प्रेस युनियन तनहुँको आठौं अधिवेशनमा तीन पत्रकारलाई पुरस्कृत गरिने

दमौली न्युज
  • ख-
  • ख+

दमौली : नेपाल प्रेस युनियन तनहुँ शाखाको ८ औं अधिवेशनका अवसरमा ३ जना पत्रकारहरुलाई पुरस्कृत गरिने भएको छ ।युनियनले आफ्नो मातहतमा स्थापित पुरस्कारबाट बलराम बानियाँ स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार तथा नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेलाई पुरस्कृत गरिने भएको हो ।

त्यसै गरि नरहरी खनाल स्मृति पत्रकारिता पुरस्कारबाट प्रेस युनियन तनहुँका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार सूर्यचन्द्र बस्नेत पुरस्कृत हुदै छन् भने गेगनाथ नहर्की स्मृति पत्रकारिता पुरस्कारबाट नेपाल प्रेस युनियन तनहुँका पूर्व अध्यक्ष डम्बरबहादुर अधिकारीलाई पुरस्कृत गरिने भएको नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्कीले जानकारी दिए ।

पुरस्कारको राशी जनही १० हजार रहने छ । गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले जेठ ६ गते हुने अधिवेशनको उद्घाटन गर्ने तयारी रहेको पनि अध्यक्ष नहर्कीले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्