इनार सफा गर्ने क्रममा एक युवकको मृत्यु ।

दमौली न्युज
  • ख-
  • ख+

दमौली: तनहुँको व्यास नगरपालिका–१३ कुमाल पोल्ट्री फार्ममा रहेको बोरिङ्ग इनार भित्र सफा गर्न जाँदा एक युवकको मृत्यु भएको छ ।

ऋषिङ्ग गाउँपालिका–७ निवासी २८ बर्षीय बिपीन आलेको बोरिङ्ग भित्र पस्दा अक्सिजनको मात्रा कमीले मृत्यु भएको तनहुँका प्रहरी निरीक्षक राजकुमार बिकले जानकारी दिए ।

घट्ना भएको जानकारी प्राप्त हुने बित्तिकै दमौली चापाघाट स्थित कालीभञ्जन गणका नेपाली सेना र नेपाल प्रहरीको टोली घट्नास्थल पुगेको थियो ।

घट्नास्थलबाट युवकको उद्वार गरी दमौली अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको थियो।
मृतक आलेका एक बालक छोरा र श्रीमती रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी