कोरोना संक्रमणबाट भीमादका पुराना कम्युनिष्ट नेताको निधन

  • ख-
  • ख+

दमौली: कोरोना संक्रमणबाट भिमादका पुराना कम्युनिष्ट नेता कृष्णकुमार श्रेष्ठ को निधन भएको छ ।

कोरोना संक्रमण देखिए पछि राजधानीको बी एण्ड बी अस्पतालमा उपचाररत ७२ वर्षका श्रेष्ठको निधन भएको उनका ज्वाइँ एवम् नेकपा गण्डकी प्रदेश सदस्य शंकरनारायण श्रेष्ठले जानकारी दिए ।

अवस्था गम्भीर भए पछि उनको आइसीयुमा राखेर उपचार गरिएको थियो ।उनी मंगलबारबाट उपचारमा थिए प्लाज्मा थेरापी गरे पनि अवस्था सुधार नभए पछि श्रेष्ठको निधन भएको परिवारले जनाएको छ ।स्वर्गीय श्रेष्ठ नेकपा तनहुँका सल्लाहकार हुन् ।

उनी २०३५ सालमा तत्कालिन मालेमा आवद्ध भए यता कम्युनिष्ट आन्दोलनमा सक्रिय थिए । जिविस तनहुँका सदस्य समेत रहेका उनी तनहुँका कम्युनिष्टका अभिभावकका रुपमा चिनिन्छन् ।श्रेष्ठको निधनमा नेताहरुले श्रद्धाञ्जली प्रकट गरेका छन् ।

परिवारमै

यस अघि संक्रमणका कारण श्रेष्ठ परिवारका एक सदस्यको ज्यान गइसकेको छ । अर्का ९८ वर्षीय को राजधानीको एक अस्पतालमा उपचार भइरहेको छ ।अरु ३ सदस्य पनि संक्रमणका कारण उपचारमा छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्