घाइतेको उपचारका क्रममा मृत्यु

दमौली न्युज
  • ख-
  • ख+

बन्दिपुर: तनहूँको याम्पामा ट्रकको ठक्करबाट घाइते भएका ३ जनाको उपचारका क्रममा मृत्यु भएको छ । बन्दिपुर गाउँपालिका वडा नम्बर ५ याम्पा स्थित पृथ्वी राजमार्गमा ट्रकले ठक्कर दिँदा ८ जना घाइते भएका थिए ।

तीमध्ये गम्भीर घाइते भएका ३ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहूँ ले जनाएको छ । मृत्यु हुनेमा बन्दिपुर गाउँपालिका वडा नम्बर १ का बासिन्दा सन बहादुर भुजेल, चेतबहादुर घर्ती र आयुष भुजेल रहेका छन् ।

डुम्रे बाट मुग्लिन तर्फ जादै गरेको ना ४ ख १९७३ नं को ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सन बहादुर भुजेलको घरमा ठोक्किन गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहूँका सुचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक मोहन बहादुर खाँडले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्