
दमौलीः कतारमा रहेको न्यू केन्द्रीय तनहुँ पान्धारे बाराही अनलाइन दोहोरी साँझ संचालक समितिले दुवै मृगौला फेल भएका रामलाल श्रेष्ठलाई आर्थिक सहयोग प्रदान गरेका छन् । समितिले व्यास ४ निवासी श्रेष्ठलाई १० हजार रुपैया रकम सहयोग गरेको हो ।
समितिका पदाधिकारीहरु संस्थापक अध्यक्ष बुद्धि कुमार श्रेष्ठसहितले १० हजाररुपैया रकम संकलन गरी पठाएका थिए ।
न्यू केन्द्रीय तनहुँ पान्धारे बाराही अनलाइन दोहोरी साँझ संचालक समिति संस्थापक अध्यक्ष बुद्धिकुमार श्रेष्ठको पहलमा संकलित रकम सञ्चारकर्मी सुमन श्रेष्ठले पीडितको घरमै पुगेर हस्तान्तरण गरेको बताइएको छ ।
यस भन्दा अघि समितिले रामलाललाई २५ हजार रुपैया सहयोग गरिसकेको थियो । श्रेष्ठले विदेशमा रहेका आफन्तले सहयोग गरेको भन्दै आभार व्यक्त गरे ।