तनहुँ १ उपनिर्वाचन: भट्टराईलाई सघाउने पाँच दलको निर्णय

दमौली न्युज
  • ख-
  • ख+

दमौलीः तनहुँ क्षेत्र नम्बर १ का कांग्रेस का प्रतिनिधि सभा सदस्य उम्मेदवार गोविन्द भट्टराईलाई सघाउने पाँच दलीय गठबन्धनले निर्णय गरेको छ । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भट्टराईलाई माओवादी केन्द्र, नेकपा एकीकृत, जसपासँगै लोसपालेसमेत विजयी बनाउनका लागि पार्टी पंक्ति परिचालन गर्ने निर्णय गरेका हुन् ।


मंगलबार माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव तथा लोसपा अध्यक्ष महन्थ ठाकुर सहभागी बैठकले तनहुँ १ मा दलहरुका तर्फबाट भट्टराईलाई सघाउने निर्णय गरेको हो ।


बैठकले गठबन्धनका तर्फबाट साझा उम्मेदवार भट्टराईलाई विजयी बनाउन गठबन्धन दलका पार्टी पंक्ति एकीकृत रुपमा परिचालन गर्ने निर्णय पनि गरेको छ । यसका लागि दलका सदस्यसँगै भ्रातृ तथा संघ संस्थाका शुभचिन्तक सबैको सहभागीतामा भट्टराईलाई विजयी बनाउन पार्टी पंक्ति परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

गठबन्धनले तनहुँमा भट्टराईसँगै चितवन २ मा कांग्रेसका जितनारायण श्रेष्ठ तथा बारा २ मा जसपाका अध्यक्ष उपेन्द्र यादवका पक्षमा पार्टी पंक्ति परिचालन गर्ने निर्णय पनि गरेको छ । ्
भट्टराई अहिले विभिन्न भागमा मतदातामाझ अन्र्तक्रिया अभियानमा सक्रिय छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी