सय वटा पसलमा म गए पछि बल्ल मास्क झिक्न थालेः प्रजिअ आचार्य

  • ख-
  • ख+

दमौलीः तनहुँमा बढ्दो संक्रमणको दरका बीच फेरि लक डाउन हुने त होइन भन्ने प्रश्न उब्जिएको छ । यस्तोमा प्रशासनले गरेको अनुगमन प्रभावकारी नभएर जोखिम फैलिएको त होइन भन्ने जिज्ञासा पनि पैदा भएको छ । दमौली न्यूजले प्रमुख जिल्ला अधिकारी सागर आचार्यलाई प्रशासन किन फितलो भनेर प्रश्न गरेको थियो । उनले जवाफ कस्तो दिए त ?


अहिले संक्रमणको दर धेरै बढी देखियो । जोखिम कम गर्न सार्वजनिक सन्देश प्रशारण भएको छ । माइकिङ गरिएको छ । तर स्वास्थ्य मापदण्ड पालनामा बुझैकै व्यक्तिबाट कमजोरी देखिएको छ ।


मैले अनुगमन प्रभावकारी बनाउन आफैं पनि एक सय जति पसलमा गए हुँला । पसलमा मास्क लगाउने क्रम निकै कम पाएँ । प्रहरी लिएर म गए पछि मास्क लगाउने चलन देखें । यसले जोखिम घटाउँदैन । झनै बढाउँछ ।


हामी संवेदनशील हुनैपर्छ । चाडबाडका बेलामा खुलेका पसल र व्यवसायीले पनि संवेदनशिलता देखाउनै पर्छ । मास्क हाम्रा लागी हो भनेर पनि बुझ्नुप¥यो ।


विद्यालय सञ्चालकहरुले पनि अलि बढी संवेदनशिलता नदेखाउने हो भने समस्या जटिल हुन सक्छ ।


हामी जोखिम कसरी कम गर्ने र स्वास्थ्य मापदण्ड कसरी प्रभावकारी बनाउने भन्ने बारेमा थप छलफल गर्छौं । तर स्थानीय तह पनि बढी तात्नैपर्छ ।

घिरिङ र भिमादले बढी संवेदनशिलता देखाएका छन् । सबैले संयुक्त पहल नगरी जोखिम घटाउन सकिन्न ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी