तनहुँमा एकै दिन ४४ नयाँ संक्रमणको रेकर्डः कुन तहमा कस्ता र कति संक्रमित ?

  • ख-
  • ख+

दमौलीः तनहुँमा एकै दिन शुक्रबार ४४ जनामा नयाँ संक्रमण भेटिएको छ । यो हालसम्मकै संक्रमितको नयाँ रेकर्ड हो । जिल्लामा नयाँ संक्रमण भेटिएकामा भिडभाडयुक्त ठाउँमा काम गर्ने बढी छन् । बैंक, प्रहरी कार्यालय, औषधी व्यवसायसहित धेरै भिडभाडयुक्त ठाउँमा संलग्न व्यक्ति बढी संक्रमित भेटिएपछि यसले थप फैलने जोखिम पनि बढाएको छ ।

व्यास नगरपालिका ः बैंकका १० सहित ३२ जना
शुक्रबारको रेकर्डले व्यास नगरपालिकामा सर्वाधिक संक्रमण देखाएको छ । यो जिल्लामा कुनै पनि तहमा एकै दिन देखिएको सर्वाधिक संक्रमण हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकमा व्यासमा सर्वाधिक धेरै संक्रमित भेटिएका हुन् ।
संक्रमितमा दमौलीका अधिक छन् ।

दमौलीको प्रभु बैंकमा कार्यरत व्यास २ का ३ पुरुष र १ महिला, व्यास १ र ४ का १।१ महिला तथा व्यास १ का १ पुरुष गरी ८ जना प्रभु बैंकमा कार्यरत छन् ।
यसैगरी माछापुछ्रे बैंकमा कार्यरत व्यास २ का २८ वर्षका पुरुष र लक्ष्मी बैंकमा कार्यरत अर्का एक जनामा संक्रमण भेटिएको हो । व्यास नगरपालिकाका आईटी अफिसर २६ वर्षका पुरुषमा पनि संक्रमण भेटिएको छ ।


यस बाहेक दमौलीको निजी विद्यालय, औषधी पसले तथा जिल्ला प्रहरी कार्यालयका प्रहरी थुनुवा, दमौली अस्पतालका कर्मचारी आदिमा पनि संक्रमण भेटिएको छ ।

बन्दीपुर गाउँपालिकाः एकै घरका सबै संक्रमित
बन्दीपुर गाउँपालिकामा एकै घरका ६ जना संक्रमित भएका छन् । काठमाडौंमा उपचारका क्रममा गएका डुम्रेको परिवारका दुई महिला सदस्यमा संक्रमण भेटिए पछि गरिएको परीक्षणका क्रममा घरका सदस्य थप ४ जनामा संक्रमण भेटिएको थियो ।

उनीहरु बाहेक बजारका अर्का एक व्यवसायीमा संक्रमण भेटिएको छ ।

शुक्लागण्डकीः क्वारेन्टिन सहित ७ जना
शुक्लागण्डकीका ७ जनामा संक्रमण भेटिएको छ । नगरपालिकाका अनुसार संक्रमितमध्ये अधिक क्वारेन्टिन र केही कन्ट्याक्ट ट्रेस भएका व्यक्ति छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्