
दमाैली ,१३ चैत
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं सांसद शंकर भण्डारीकाे पहलमा म्याग्दे ४ स्थित पिपलटार खानेपानी आयोजनाका लागि ३ लाख ७० हजार बराबरको खानेपानीकाे पाईप उपलब्ध गराईएकाे छ । खानेपानी आयोजनाकाे ट्याङ्कीमा महिलाको शव भेटिए पछि वैकल्पिक ढंगले खानेपानीको व्यवस्था गर्न उक्त खानेपानीको पाईप उपलब्ध गराईएकाे हाे ।
सांसद भण्डारीले गण्डकी प्रदेशका खानेपानी मन्त्रालयका सचिव डा.सन्तोष कैनीलाई टेलिफोन गरि पाईपकाे व्यवस्था गर्न आग्रह गर्नु भएकाे थियाे । सांसद भण्डारीकाे आग्रह अनुरुप खानेपानी तथा सरसफाई डिभिजन कार्यालय मार्फत पाईप उपलब्ध गराईएकाे थियाे । खानेपानीकाे पाईप उपलब्ध भए सगै स्थानीय १ सय ३८ घर परिवार लाभान्वित हुने भएका छन् ।