दमौली: व्यास नगरपालिकामा प्रहरी सहित थप ११ जनामा कोरोना संक्रमण भेटिएको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा व्यास १ का ३७, व्यास २ का ५३ र १२ र व्यास ४ का २७ र व्यास ५ का २८ वर्षका पुरुषमा संक्रमण देखिएको छ ।यसैगरी व्यास १० का ८ वर्षका बालक र ३४ वर्षका पुरुष र सोही वडाका २८ र ४० वर्षीया महिला संक्रमित भेटेका छन् ।यसैगरी ३८ वर्षका पुरुष प्रहरीमा पनि संक्रमण भेटिएको निर्देशनालयले जनाएको छ ।योसँगै तनहुँमा संक्रमित २७ जना संक्रमित पुगेका छन् ।










