विद्यालयलाई सुर्य नेपालको कम्प्युटर सहयोग

दमौली न्युज
  • ख-
  • ख+

दुलेगौँडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्थित बहुराष्ट्रिय कम्पनी सुर्य नेपाल प्रा.लि.ले यहाँका दुई बिद्यालयलाई २५ थान कम्प्युटर प्रदान गरेको छ ।

शुक्लागण्डकी नगरपालिका स्थित पन्चमुनिदेब माबिलाई बीस र सुर्य आधारभुत बिद्यालयलाई पाँच थान गरी जम्मा पच्चीस थान कम्प्युटर प्रदान गरेको हो । 

कम्पनीका म्यानेजर बाबुराम कार्कीले शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितलाई एक कार्यक्रमका बीच उक्त कम्प्युटर हस्तान्तरण गरेका   हुन् । 

नगरपालिकाको सिफारिसमा बिद्यालयलाई सुचना प्रबिधियुक्त गराई शिक्षण सिकाईलाई प्रभाबकारी बनाउने उद्देश्यले कम्प्युटर प्रदान गरेको कम्पनीका म्यानेजर कार्कीले बताए ।  


हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख कृष्णराज पण्डितले सुर्य नेपालको नियमित सहयोग प्राप्त  भएकोमा आभार ब्यक्त गर्दै बिद्यालयले उक्त कम्प्युटरको उचित प्रयोगमा ध्यान दिनु पर्ने बताए ।  


उक्त कम्पनीले अघिल्लो बर्ष शुक्लागण्डकी नगरपालिका भित्र बिद्यालयमा कम्प्युटर सहयोग गर्नुका साथै शुक्लागण्डकी नगरपालिकालाई एम्बुलेन्स समेत उपलब्ध गराइसकेको छ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी