व्यासले भन्यो: बाहिरबाट आउँदा कम्तिमा १४ दिन क्वारेन्टाइन बस्नुस्

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाले बाहिरबाट नगर क्षेत्रमा आउनेलाई कम्तिमा १४ दिन क्वारेन्टाइन बस्न अनुरोध गरेको छ ।

नगरपालिकाले सुरक्षित रुपमा होम क्वारेन्टाइन बस्न र त्यो सम्भव नभएमा नगरपालिकाले व्यवस्था गरेको क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ ।

नगरपालिकाले संक्रमणको शंका भएमा पीसीआर परीक्षणका लागि नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न नगरवासीलाई अनुरोध पनि गरेको छ ।

बिहिबार बसेको नगर कार्यपालिकाको बैठकले कोभिड १९ को प्रभाव बढ्दै गएको भन्दै नगरवासीलाई सचेत र सावधानीपूवर््क स्वास्थ्य मापदण्ड पुरा गर्न पनि अनुरोध गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी