राष्ट्रपति निर्वाचित पौडेललाई तनहुँका गुरुङको बधाई

दमौली न्युज
  • ख-
  • ख+

राष्ट्रपति निर्वाचित रामचन्द्र पौडेललाई तनहुँका गुरुङ समुदायले मौलिक स्वरुपमा बधाई दिएका छन् ।

बन्दीपुर छिम्केश्वरी तथा तनहुँ काठमाडौं गुरुङ समाजका सदस्यहरुले पौडेल निवास बोहोराटारमा एक कार्यक्रम गरी तनहुँको गौरव बढाएकामा पौडेललाई बधाई दिंदै सफल कार्यकालको शुभकामना दिएका थिए । 


बन्दीपुर छिम्केश्वरी गुरुङ समाजका अध्यक्ष दुर्गाबहादुर गुरुङले सोलिमा सगुनसहित राष्ट्रपति निर्वाचित पौडेललाई भेट गरेका थिए । तनहुँ काठमाडौं गुरुङ समाजका अध्यक्ष गंगा गुरुङले आफ्नो क्षेत्रबाट निर्वाचित अनुभवी राजनीतिज्ञलाई देशले राष्ट्रपतिमा पाएको भन्दै खुशी लागेर बधाई दिएको बताए । 


कांग्रेस महासमिति सदस्य रेशम गुरुङले राष्ट्रपति निर्वाचित पौडेलले सबै जात जाति र समुदायको भावना प्रतिनिधित्व गर्ने विश्वास लिएको बताए । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्