नेकपाका युवा संयोजक सहित ५० जना राप्रपा प्रवेश

  • ख-
  • ख+

दमौली: नेकपाका वडा युवा संयोजक सहित व्यास ६ का ५० युवा राप्रपा प्रवेश गरेका छन् ।

व्यास नगरपालिका-६ मादी बेसी, सिसाघाट र पाथ्राका ती युवालाई एक कार्यक्रम गरी पार्टी प्रवेश गराइयो ।

नेकपा गठबन्धनका वडा यूवा संघका संयोजक राजु गुरुङ, राकेश कुमार कर्माचार्य, मेहरमान मिया, मनिष भण्डारी र विशाल चडौला लगयातलाइ पार्टीका केन्द्रीय सद्स्य एवम् प्रमुख अतिथि राजेन्द्रबहादुर अधिकारीले राप्रपाको सदस्यता प्रदान गरि टीका लगाइ पार्टीमा स्वागत गरे ।

नवप्रवेशीहरुलाइ के स गौमाया श्रेष्ठ, जिल्ला अध्यक्ष बिनोद घर्ती र नगर अध्यक्ष आइतबहादुर घलेले खादा लगाइ स्वागत गरे । नव प्रवेशीहरु मध्येबाट राकेशकुमार कर्माचार्यको संयोजकत्वमा २१ सदस्यीय वडा समिति गठन गरिएको पार्टी जिल्ला अध्यक्ष विनोद घर्तिले जानकारी दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी