पार्किङमा जाँदै गरेको बस झण्डै खोलामा खसेन (तस्बिरहरुसहित)

  • ख-
  • ख+

दमौलीः व्यास ३ कराङकाठस्थित बसपार्कमा पार्किङका लागि ल्याइएको स्थानीय श्रृंग यातायात कम्पनीको बस दुर्घटनाबाट जोगिएको छ ।
घुम्तीमा रहेको सडकको खाल्डोमा फसेको ग १ ख ९७१२ नम्बरको यात्रुवाहक बस झण्डै बुल्दी खोलामा खसेको थियो ।


पुलनजिकैको खाल्डोमा अड्किएको बस झिक्न क्रेन नै प्रयोग गर्नु परेको थियो ।

बजारमा पार्किङ गर्न नदिइने तर बस पार्क जाने बाटोको घुम्ती साँघुरो र सडक पनि माटो हालेर पुरिएकाले यातायात व्यवसायी मर्कामा परेको स्थानीय श्रृंग यातायात कम्पनी प्रालिका शाखा प्रमुख चित्र गुरुङले बताए ।


कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्