भिमादको अर्को सूचनाः अरु तहमा जाने सवारी नरोकिकन जानुपर्ने

  • ख-
  • ख+

भिमादः भिमाद नगरपालिकाले बन्दाबन्दीका क्रममा आफ्नो तह हुँदै अरु तहमा जानेका लागि बिहिबार नयाँ सूचना जारी गर्दै वैकल्पिक मार्ग दिएको छ ।

समुदायस्तरमा संक्रमण देखिएपछि नगरपालिकाले सबै वडा क्षेत्रमा बन्दाबन्दी घोषणा गर्दै अत्यावश्यकबाहेक हिंडडुल नगर्न सूचना जारी गरेको थियो । नगर प्रमुखस्तरीय निर्णय भन्दै जारी निर्णयपछि नगरपालिकाको प्रवेशबिन्दुमा कडाई गरिएको थियो ।

भिमाद हुँदै तनहुँका ऋषिङ तथा घिरिङ र स्याङजा तथा पाल्पा जाने सवारी साधनमा समस्या आएको गुनासोपछि नगरपालिकाले आफ्नो तहका सडक प्रयोग गरेर सवारी जानका लागि अनुमति दिए पनि सहरी क्षेत्रमा भने प्रवेश नगर्न आदेश जारी गरेको छ ।
प्रमुख प्रशासकिय अधिकृत थमनसिंह थापाद्वारा जारी सूचनामा बाहिरी सडकको प्रयोग गर्न भनिएको छ ।

नगरपालिकाले यस अर्को सूच्ना जारी नभएसम्मका लागि नगरपालिकाका सबै संघ संघ र कार्यालय बन्द गर्ने निर्णय पनि गरेको छ । नगरपालिकाले स्वास्थ्य र सुरक्षाका सवारी चलाउन रोक लगाएको छ ।

सूचनामा यस पटक पनि अत्यावश्यकबाहेक घरबाट ननिस्कन भनिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी