तनहुँ कालिका मन्दिरमा राप्रपाको सरसफाई

  • ख-
  • ख+

दमौलीः जथाभावी फोहरका कारण दुर्गन्धित बनेको तनहुँ कालिका मन्दिर वरपर राप्रपाले सरसफाई गरेको छ । राप्रपा व्यास नगर समितिको आयोजनामा मन्दिर आसपासमा जथाभावी फालिएका फोहर शंकलन गर्दै सरसफाई गरिएको थियो ।

पार्टीका केन्द्रीय सदस्यद्वय राजेन्द्र अधिकारी र गौमाया श्रेष्ठ तथा जिल्ला अध्यक्ष विनोद घर्तीलगायत नेता कार्यकर्ताको सहभागीतामा सरसफाई गरिएको नगर अध्यक्ष आईतबहादुर घलेले बताए ।

बजार नजिकैको चर्चित धार्मिक एवं पर्यटकीय स्थलको सफाइमा सम्बन्धित निकाय तात्नुपर्ने भए पनि त्यसो हुन नसकेकाले सरसफाई गरेर खबरदारी गरिएको पार्टी जिल्ला अध्यक्ष घर्तीले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी