दमौली : ब्यास नगर पालिका वडा न १३ निवासी सुशील नरालले आफुले अध्ययन गरेको पहिलो बिद्यालय श्री जन जागृती गङ्गा मा बि मा रु ५१,१५१ रुपियाँको हिमनिधि नराल स्मृति अक्षय कोष निर्माण गरेका छन्।
बिद्यालयको ५१ आौ बार्षिक उत्सबको अबसरमा आफ्नो स्वर्गीय बुबा हिमनिधि नरालको स्मृतिमा सो अक्षय कोष निर्माण गरेको नरालले बताए।
उक्त बिद्यालयमा २ कार्यकाल आफ्नो बुबा अध्यक्ष रहनुभएको र बुबाको सपना पुरा गर्न सो अक्षय कोष निर्माण गरेको उनि बताउछन।
सो रकमको ब्याजबाट प्राप्त रकमबाट प्रत्येक बर्ष जेहेन्दार र दलित मेधाबी बिद्यार्थीलाई छात्रबृति प्रदान गरिनेछ।
यस अक्षय कोषका निर्माणकर्ता सुशील नराल उक्त बिद्यालयका पुर्ब बिद्यार्थी, पुर्ब शिक्षक हुन भने हाल दुधपोखरी गाउपालिका लमजुङमा शिक्षा अधिकृतका रुपमा कार्यरत छन्।











