हेटमास्टरको कुटाईबाट एक विद्यार्थी घाईत, अनेरास्ववियू क्रान्तिकारी तनहुँको आपत्ती

  • ख-
  • ख+

दमौली : घिरिङ गाउपालिका वडा नं ३ सुन्धारा स्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १० कि छात्रा रमिला आले शिक्षकको पिटाई बाट घाईते भएकी छिन् । सोहि विद्यालयका प्र.अ प्रेम बहादुर आलेले अध्यपनको क्रममा लौरोले पिट्दा सख्त घाईते भएकी हुन् । यस घटना प्रति आपत्ती जनाउदै सोमबार अनेरास्ववियु क्रान्तिकारीले विज्ञाप्ती निकालेको हो । विज्ञाप्ती मार्फत प्र.अ आले लाई कडा कारवाही देखि अविलम्बको माग गरिएको छ । आफ्नो स्थापना कालदेखि नै राजनीतिक अधिकार प्राप्ति सँगै शिक्षा क्षेत्रको आमुल परिवर्तनका लागि निरन्तर संघर्षरत रहेको विज्ञाप्तीमा उल्लेख छ ।

सत्ता परिवर्तन गर्ने संघर्षको दौरानमा आफूलाई अग्रमोर्चामा राख्दै त्याग, बलिदान र समर्पणको ओजपूर्ण चरण पार गरी यो संसदीय व्यवस्थाको विकल्पमा समाजवादी व्यवस्था र शिक्षा स्थापना गर्नको लागि निरन्तर संघर्ष गरिरहेको जनाउदै तनहुँ जिल्ला, घिरिङ गाउपालिका वडा न ३ सुन्धारा स्थित चन्द्र ज्योति माध्यमिक विद्यालयमा अध्ययनरत भिमाद न.पा ४ बस्ने कक्षा १० की छात्रा रसिला आले माथि सम्बन्धित विद्यालयका प्र.अ प्रेम बहादुर आलेद्वारा अध्यापनको क्रममा लौरोले पिट्दा सख्त घाईते भएर पोखरा अस्पतालमा लगिएको घटना प्रति हाम्रो सङ्गठनको गम्भिर ध्यानाकर्षण भएको विज्ञाप्तीमा भनिएको छ ।

शान्तिपुर्ण बालमैत्री वातावरणमा अध्यापन गराउनु पर्ने नेपालको संविधान र विद्यार्थीको अधिकार विपरित उल्टै प्रधानाध्यापक जस्तो निर्णायक भूमिकामा रहेर पनि यस किसिमको गतिविधी विद्यार्थी समक्ष देखाउनु विडम्बनाको विषय उल्लेख गर्दै घाइतेको उपचारको खर्च भरण सहित दोषी उपर कडा कारवाही सम्बन्धित निकायमा अविलम्बको माग विज्ञप्ती मार्फत गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी