टिम नेपो तनहुँले, पृथ्वी जयन्तीको अवसरमा मानुङकोटमा राष्ट्रिय झन्डा राख्यो

  • ख-
  • ख+

दमौली : टिम नेपो तनहुँले ३०१ औं पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसको अवसरमा मानुङकोट सरसफाई तथा राष्ट्रिय झन्डा राख्ने कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथि ब्यास नगरपालिकाका नगर प्रमुख श्री बैकुण्ठ न्यौपाने, अतिथिहरु ब्यास नगरपालिका वडा नं ५ का वडा सदस्य खेम बहादुर थापा, निर्माण व्यवसायी संघ तनहुँका अध्यक्ष श्री यग्य खनाल, युवा नेता तथा समाजसेवी श्री हिरा थापा, सिद्ध युवा क्लवका अध्यक्ष श्री प्रकाश थापा, टिम नेपो तनहुँका निवर्तमान अध्यक्ष श्री मिन बहादुर कुँवर रहनुभएको थियो।

उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि बैकुण्ठ न्यौपानेले झण्डाको डोरी तानेर राष्ट्रिय झन्डाको उद्घाटन गर्दै टिम नेपो तनहुँले बिभिन्न सामाजिक सेवा ( कोरोना महामारीमा सचेतना तथा खाद्यान्न सहयोग, शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण, वातावरण सरसफाई कार्यक्रम आदि ) गर्दै आएको र आज पनि यस पृथ्वी जयन्तीको अवसरमा मानुङकोट सरसफाई तथा राष्ट्रिय झन्डा राख्ने कार्यक्रम गरेको र आफुलाई प्रमुख अतिथिको रूपमा आमन्त्रित गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो।

टिम नेपो तनहुँका अध्यक्ष रवि अधिकारी ले संस्थाको बारेमा बोल्दै स्थापनाकाल देखि टिम नेपो तनहुँले स्वस्थ्य शिक्षा वातावरण र युवा नेतृत्व विकासको क्षेत्रमा रहेर विभिन्न कार्यक्रमहरू गर्दै आएको र यस वर्ष पर्यटकीय क्षेत्र मानुङकोटमा नेपालको झण्डा राख्ने कार्यक्रम गर्न पाउँदा आफूलाई खुसी लागेको कुरा व्यक्त गर्नुभयो।

उक्त कार्यक्रमका कार्यक्रम संयोजक उमेश पौडेलले यस कार्यक्रमलाई सफल पार्न आफ्नो संस्था मात्र नभई स्थानियवासीहरूले पनि साथ सहयोग गरेको कुरा जानकारी गराउनु भयो ।

कार्यक्रम सफल पार्नका लागि ब्यास नगरपालिकाले पनि सहकार्य गरेको थियो भने स्थानिय निकाय र स्थानीयवासीको पनि महत्त्वपूर्ण भुमिका रहेको थियो । कार्यक्रममा ४२ जना व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी