ऋषिङ्गले १३औं गाउँ सभाको अवसरमा सम्मान गर्दै सुत्केरी स्वास्थ्य परिक्षण भत्ता र एम्बुलेन्स सेवा निशुल्क गर्ने निर्णय गर्यो

  • ख-
  • ख+

संजय श्रेष्ठ

ऋषिङ्ग गाउँपालिकाको १३औ गाउँ सभाका अवसरमा नव निर्वाचित प्रतिनिधि सभा सदस्य शंकर भण्डारी एवं गण्डकी प्रदेश सभा सदस्यहरु जितप्रकाश आले र श्यामराजा महतलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । सोही अवसरमा ऋषिङ्ग गाउँपालिका भित्रका वडा स्तरीय मौलिक कौराह प्रतिस्पर्धा, पूर्व जनप्रतिनिधीहरु लाई सम्मान एवं जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम समेत सम्पन्न गरिएको हो ।

नव निर्वाचित प्रदेश सभा सदस्य जीत प्रकाश आलेलाई सम्मान गर्नुहुँदै गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ ।

सुत्केरी स्वास्थ्य परिक्षणमा भत्ता तथा एम्बुलेन्स सेवा बापतको रकम गाउँपालिकाले दिने निर्णय

१३ औं गाउँ सभाको निर्णय अनुसार गर्भवती महिलाले स्वास्थ जाँच गराउँदा प्रत्येक पटक ५०० रुपैयाँ पालिकाले उपलब्ध गराउने निर्णय गरेको छ । साथै स्वास्थ संस्थाहरूमा सुत्केरी गराउँदा प्रयोग हुने एम्वुलेन्स प्रयोग गरे बापतको रकम गाउँपालिका भुक्तानी गर्ने निर्णय समेत गरेको छ । चालु आर्थिक वर्षको बजेट ६० करोड र आन्तरिक स्रोत अन्तर्गतको १ करोड ६० लाख अनुसार पालिकाको कुल बजेट ६१ करोड ६० लाख बजेट गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ सार्वजनिक गरेका थिए।

नव निर्वाचित प्रतनिधि सभा सदस्य शंकर भण्डारीलाई सम्मान गर्नुहुँदै गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ ।

ऋषिङ्ग गाउँपालीकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमका प्रमुख अतिथि क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य माननीय शंकर भण्डारीले उद्घाटन गरेका थिए । कार्यक्रमका विशिष्ट अतिथि गण्डकी प्रदेश सभा सदस्य माननीय जितप्रकाश आले लगायतको आतिथ्यतामा र विभिन्न राजनैतिक दल सामाजिक व्यक्तित्वहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । सोही कार्यक्रमका अवसरमा आयोजित वडा स्तरीय कौराह प्रतियोगितामा वडा नं १ प्रथम र वडा नं ६ दोस्रो भएको थियो । विजयी प्रथम र दोस्रो समूहलाई १२ हजार र ८ हजार पुरस्कार तथा सहभागि सबै समूहलाई ४/४ हजार पुरस्कार प्रदान गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी