
दमौली: पुस १५ मा पर्ने तमु ल्होसार पर्व आज देशै भरीका गुरुङ समुदायले यो पर्व मनाईदै छन् । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउने गरिएको पनि पाइन्छ ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएकोले यो गुरुङ समुदायको लागि विशेष पर्वको रूपमा हेरीएको विश्वास छ ।
परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट नयाँ वर्षको नामाकरण गरेकाे किम्बदन्ती मा उल्लेख छ मुसा पछि गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग गरी १२ जनावरका नामबाट वर्षको नामाकरण गरिएको हो ।
गुरुङ समुदायको बाहुल्यता रहेको जिल्ला लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायतका जिल्लामाआज विशेष कार्यक्रमको आयोजना गरी यो पर्व मनाईदै छ।