गण्डकी प्रदेशमा सुनचाँदी व्यवसायी महासंघ सातै प्रदेशको अन्तरक्रिया

  • ख-
  • ख+

पोखरा : नेपाल सुनचाँदी व्यवसायी महासंघ सातै प्रदेशको आयोजनामा पोखरामा अन्तरक्रिया कार्यक्रम गण्डकी प्रदेशको आतिथ्यमा सम्पन्न भएको छ ।

सुनचाँदी व्यवसायीहरुको समस्या र समाधानका विषयमा एक दिने अन्तरक्रिया कार्यक्रम मधेस प्रदेशका सभापति रामजी साहको सभापतित्व भएको सो कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख सल्लाहकार मोहन कुमार सुनार प्रमुख अतिथि रहेका थिए । अन्तरक्रिया कार्यक्रम मा बागमती प्रदेशका सभापति ज्योति रत्न बज्राचार्यले प्रदेश मार्फत व्यवसायीहरुका समस्या समाधान गर्ने बताए उनले भने अधिकार दिनुहोस् हामीले आश्वसन मात्र पायौ कार्यलयको भाडा तिर्ने काम मात्र भएको छ ।

त्यसै गरी एक नम्बर प्रदेशका सभापती राजु धमलाले महासंघ हिजोका पाराले चल्न हुने भन्दै व्यवसायीका धेरै समस्या समाधान गर्न तिर लाग्नु पर्ने कुरा प्रस्ट्याए । त्यसै गरी कर्णाली प्रदेशका सभापति जनक सुनारले यति लामो इतिहास बोकेको महासंघ चिर निद्रामा सुतेर वस्न नहुने बताए । सुदुरपश्चिम प्रदेशका सभापति सन्तोष लामिछानेले व्यवसायी समस्या समाधान गर्छौ भन्दै गर्दा हामी आफै समस्या मा पर्दा महासंघ मुकदर्सक बन्न नहुने कुरा बताएका थिए । लुम्बिनी प्रदेशका सभापति बुद्धि दियालीले कार्यक्रममा एजेण्डा प्रस्तुत गर्दै योजना वद्ध ढंगले नलागे सम्म व्यवसायीका समस्या समाधान हुन नसक्ने बताए ।

कार्यक्रमका अतिथि निर्मल दियालीले हामी जिल्ला संघ देखि नै समस्या को पहिचान गरी समस्या को निराकरण तर्फ लाग्नु पर्ने बताएका थिए । प्रमुख अतिथ मोहन कुमार सुनारले सुन बितरण का लागि सदस्यता र प्यान नं को आधार नै वैज्ञानिक आधार हो यस समानुपातिक बितरण प्रणालीको निर्णय भए पनिलागु नभएको बताए उनले भने व्यवसायीका धेरै समस्या मापदण्ड निर्देशिका ले समाधान गर्ने भन्दै अन्तीम अवस्थामा सम्ममा पनि निर्देशिका बनाउन नसकेको बताए ।

कार्यक्रमका सभापति रामजी साहले यसोसियट सदस्यहरूलाइ व्यवस्थापन गर्नु पर्ने बताए । गण्डकी प्रदेशका सभापति चन्द्रकिशोर गौतमले स्वगत गर्दै भने एकै थलोमा सातै प्रदेशका सभापति उपसभापति सचिवहरु भेला भई प्रतिनिधि मुलक उपस्थितिमा तमाम समस्यामा छलफल गर्न पाउनु महत्वपूर्ण भएको बताए । यो समयमा व्यवसायीले एक तोला सुन किन्दा चार पाँच हजार बढी तिरेर भाउको भाउ बेच्नु परेको दुखेसो गरे । देशभरि कालो बजारी मौलाउदै गएकोले वास्तवीक ब्यबसायी पलायन हुने अवस्था आउन सक्ने बताए ।

अन्तरक्रिया कार्यक्रममा १५ जना प्रदेशका पदाधिकारीहरूले समस्या र समाधान का लगि सुझाव राखेका थिए । कार्यक्रम गण्डकी प्रदेशका सचिव रविन विश्वकर्मा ले संचालन गरेका थिए । ३५जना प्रतिनिधि ले भाग लिएको कार्यक्रम को निर्णय जस्ताको तस्तै महासंघ लाइ बुझाउने करा सभापति रामजी साहले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्