ढुङ्गा प्रहारबाट मृत्यु ,श्रीमती प्रहरी नियन्त्रणमा

  • ख-
  • ख+

दुलेगौडा : तनहुँमा श्रीमतीको ढुङ्गा प्रहारबाट श्रीमानको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० बर्षीय मनबहादुर नेपाली रहेका छन् । शुक्लागण्डकी नगरपालिका–४ प्रगति टोलमा बस्ने ३६ बर्षीय श्रीमती शुसीला बिकले ढुङगा प्रहार गरी आफ्नै श्रीमानको हत्या गरेको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरी घरायसी कुरामा, बिवादले अग्ररुप लिए पछि ढुंगा प्रहार बाट सख्त घाइते भएका श्रीमान् नेपालीको जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतरा तनहुँमा उपचारको क्रममा मृत्यु भएको थियो ।


घट्नामा संलग्न शुसीला बिकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्