म्याग्दे गाउँपालिकाले गर्यो ६ महिनाको कार्यसम्पादन प्रतिवेदन सार्वजनिक

  • ख-
  • ख+

म्याग्दे: तनहुँ को म्याग्दे गाउँपालिकाले ६ महिनाको कार्यसम्पादन प्रतिवेदन पत्रकार सम्मेलन गरी विहिवार सार्वजनिक गरेको छ ।

०६९ जेठ १० गते शपथग्रहण गरी गाउँपालिकाको कार्यभार सम्हालेको ६ महिना पूरा भएपछि ६ महिनाको अवधिमा भए गरेका कार्यसम्पादनका बारेमा जानकारी दिईएको हो ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले एकिकृत घुम्ती शिविर मार्फत पहिलो र दोस्रो चरणामा गरी ११ हजार ९ सय ९ जनालाई विभिन्न बिधामा सेवा लिएको जानकारी दिए । त्यस्तै ९ सय जना ले कोभिड बिरुद्धको भ्याक्सिन लगाएको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए । ४ हजार ९ सय जनामा उच्च रक्तचाव,२ सय ९७ जनामा सुगर र ९७ जना महिलाको पाठेघरको मुखको क्यान्सर भएको बताए ।

वडाका नागरिकहरुको बुझाईमा कमी हुँदा काम गर्न कठिनाई भोग्नुपरेको उनले बताए । स्थानीय सरकार जनताको साथमा रहेर काम गर्दै आएको अध्यक्ष श्रेष्ठले जानकारी गराए ।

कार्यक्रममा उपाध्यक्ष बालकृष्ण घिमिरेले वडाका नागरिकको चाहना व्यापक रहेपनि गाउँपालिकाको स्रोत साधन सीमित हुँदा क्रमिक रुपले काम गर्दै जाने योजना रहेको बताए ।

गाउँपालिका कार्यालयले आर्थिक आयआर्जनमा सबल गराउने उद्देश्यले उत्पादन कार्यमा जोड दिदै आएको बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले भूमी बर्गीकरणमा पारदर्शि तरिकाले काम गर्दै आएको बताए । गाउँपालिका कार्यालयले १८ चरणमा भूमि बर्गिकरण गर्न सफल भएको उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी