
संजय श्रेष्ठ
ऋषिङ्ग — नेपाली कांग्रेसका नेता एवम् संविधान सभा सदस्य झुल बहादुरको निधन भएको छ । विगत केही समयदेखि स्वास्थ्यमा समस्या देखिएपछि आलेको नर्भिक शिक्षण अस्पताल काठमाण्डौमा उपचारको क्रममा २०७९ कार्तिक ९ गरे शुक्रबार निधन भएको हो । उनको स्वास्थ्य अवस्था बुझ्न कांग्रेसका नेता कार्यकर्ताहरु नर्भिक शिक्षण अस्पताल पुगेका थिए । आलेको पार्थिव शरिरलाई अन्तिम दर्शनका लागि १० गते दमौलीमा विपी स्मृति भवनमा लागिएको थियो । श्रद्धाञ्जली अर्पणपश्चात् उनको पार्थिव शरीरलाई ऋषिङ्ग-७, घिरिङ्गबथाेक स्थित घरमा लगी र शनिबार कृष्णगण्डकीमा दाहसंस्कार गरिएको थियो । पिता टेक बहादुर आले र माता श्री आलेको गर्भबाट आले ऋषिङ्गको कोटदरबारमा २००७ साल माघ १२ गते जन्मिएका थिए ।
लामो समय नेपाली कांग्रेसमा रहेर राजनीति गरेका उनले तनहुँका बौद्धिक र कर्मठ नेताको छवि बनाएका थिए । तनहुँको सबैजसो राजनीतिक आन्दोलनलाई नजिकबाट नियालेका आलेले २०६२-६३ को आन्दोलनमा समेत सक्रिय रूपमा सहभागिता जनाएका थिए । आले तनहुँ कांग्रेसका सिर्ष नेताहरुका सहयात्रीसमेत हुन् ।
२०३० सालदेखि राजनीतिमा सक्रिय बनेका आले २०३९ सालमा ऋषिङ्ग कोटदरबारमा उप प्रधान पञ्च भएका थिए ।
बहुदल आए लगतै कोटदबार गा बि स का २०४९ र २०५४ सालमा अध्यक्ष समेत भएका थिए । २०७० को संविधानसभामा समानुपातिक सांसदको रुपमा निर्वाचित भएर समग्र तनहुँको राजनीति र विषयलाई केन्द्रिय स्तरमा सम्बोधन गरेका थिए । उनको निधनले तनहुँले अपुरणीय क्षति व्योहोरेको कांग्रेस नेताहरुले बताएका छन् ।
‘अति प्रतिभाशाली र तनहुँकोको स्वार्थका लागि निराशक्त भएर विचारको राजनीति गर्ने नेताको निधनले कांग्रेस र ऋषिनङ्गलाई नै ठूलो क्षति भयो’ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने ।
२०६३ साल देखि २०७६ असार १५ गते सम्म श्री शिव सरस्वती माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत भएर उनले बिद्यालयको नेतृत्व गरेका थिए ।
नेपाली कांग्रसको २ पटक क्षत्रिय सभापति सम्म भएर पार्टीको जिम्मेवारीलाई निर्वाह गरेका उनी नेपाली कांग्रेसको १४ औं महा अधिवेशनपछि तनहुँ जिल्ला महा समिति सदस्य समेत हुन् । २०६८ सालमा रुआले समाज उत्थान समितिका संस्थापन अध्यक्ष भएका उनले समाज र राजनीतिका लागि सदैव लागि परेका थिए । स्वर्गीय केशर बहादुर आले, झुल बहादुर आले , सहिद सरस्वती कृष्ण श्रेष्ठ तथा नील बहादुर थापाले ऋषिङ्ग क्षेत्रको समग्र विकास र तनहुँको नेपाली कांग्रेसको राजनैतिक क्षेत्रमा अतुलनीय योगदान दिदै आएका थिए । तनहुँ लगाएत समग्र ऋषिङ्गको विकास र परिवर्तनका लागि सधैं अग्र पंक्तिमा रहेर काम गर्दै आएका उनको निधनले एक जना असल र कर्मठ नेतृत्वकर्तालाई गुमाएको छ ।

