बुल्दी पुलको रेलिङ मर्मतका लागि स्कूल अफ डेमोक्रेसीको माग

  • ख-
  • ख+

दमौलीः रेलिङ भाँचिएर जोखिम बढे पनि अझै मर्मत नभएको भन्दै व्यास २ स्थित बुल्दी पुलको मर्मतका लागि स्कूल अफ डेमोक्रेसी नेपाल तनहुँले माग गरेको छ ।

रेलिङ भत्किएर मानिस खस्ने अवस्था आई सके पनि मर्मतमा ध्यान नगएको भन्दै संस्थाले तत्काल रेलिङ मर्मत गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
संस्थाका अध्यक्ष डम्बर अधिकारीद्वारा जारी विज्ञप्तिमा मर्मत नभएर भविष्यमा कुनै अप्रिय घटना भएमा राज्यले त्यसको जिम्मेवारी लिनुपर्ने चेतावनी दिएका छन् ।

पुलको मर्मतका लागि आफूहरुले ध्यानाकर्षण गराएको र चाँडै मर्मत हुने अपेक्षा गरिएको व्यास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देलले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी