
भानु : तनहुँको भानु नगरपालिका वडा न १२ स्थित सरस्वती मन्दिर माध्यमिक बिद्यालय घलेछापमा अध्ययनरत १५ जना विपन्न विद्यार्थीहरुलाई स्थानीय युवाहरूले सहयोग गरेका छन् ।
विद्यालयमा अध्ययनरत चेपाङ्ग परिवारका ३ जना सहित ५ जना बालबालिकालाई न्यानो कपडा, शैक्षिक सामग्री, खाद्यान्न सहित खाजा खर्च प्रदान गरिएको सहयोगी युवा एवम् वडा सदस्य सन्तोष घलेले बताए ।
भानु १२ का वडा सदस्य सुदीप केसी, भानु १० का वडा सदस्य सन्तोष घले, युवाहरु पबिन गुरुङ्ग, सर्जू राना, दीपक गुरुङ्ग, साजन गुरुङ्ग, इन्द्र बहादुर गुरुङ्ग, राजु अधिकारी लगायतका युवाहरूको सक्रियतामा उक्त सहयोग भएको हो ।
उक्त सहयोग कार्यक्रममा अन्य १० जना विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरू पनि प्रदान गरिएको सदस्य घलेले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेम बहादुर श्रेष्ठको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा भानु नगरपालिकाका उप प्रमुख उमा गोतामे, जिल्ला समन्वय समिति सदस्य चिरञ्जीवी ढकाल, भानु १२ वडा अध्यक्ष बेल बहादुर अधिकारी लगाएत स्थानियहरुको उपस्थिति रहेको थियो ।