अमेरिका निवासी भट्टराई द्वारा बिद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

  • ख-
  • ख+

दमौली : तनहुँको ब्यास नगरपालिका वडा नं ३ घर भई हाल अमेरिकामा रहेका उत्तम भट्टराई तथा भाइ सुमन भट्टराई द्वारा बिद्यार्थीहरू लाइ न्यानो कपडा तथा शैक्षिक सामाग्री प्रदान गरेका छन् ।

व्या.न.पा. ११ स्थित श्री चण्डिका आधारभूत विधालयमा अध्यनरत विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान गरेको बिद्यालयका प्र अ सुरेन्द्र अधिकारीले बताए । आफ्नो बुवा स्व.हरिभक्त भट्टराईको दोस्रो बार्षिकिको अवसरमा छोराहरुले उक्त सहयोग गरेका हुन् । यस्तै वाराही मा वि मा १ लाखको अक्षय कोष समेत भट्टराई परिवारले स्थापना गरेका छन् ।

वि.व्य.स.अध्यक्ष वीर बाहदुर खड्का को अध्यक्षतामा भएको सहयोग कार्यक्रममा वडा न ११ का वडा अध्यक्ष दलबहादुर दुरा लगायतको उपस्थिति रहेको थियो । सहयोगी उत्तम भट्टराईले यस अघि पनि सामाजिक उत्तरदायित्व को भावना अन्तर्गत विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्