
बिकास खनाल दमौली : किसान प्रति स्थानीय तहले हेर्ने दृष्टिकोणमा अझै परिवर्तन आउन सकेको छैन । भाषण र बोलिमा किसानलाई सबै कुरामा सहुलियत दिने र खुकुलो निति बनाउने भन्ने गरिए ता पनि ब्यबहारमा भने त्यो देखिदैन, बरू झन कडाइ भएको पाइएको छ ।
म्याग्दे गाउँपालिका वडा नं १ गुणादी घर भएका मुक्तिनाथ खनालले ११ भारि परालको ब्यास नगरपालिकाले २ सय रुपैया कर लिएको बताए । ब्यास ५ साँगेमा रहेको आफ्नो खेतबाट टुकटुके ट्याक्टरमा गुणादी ल्याएको ११ भारि परालको ब्यास नपाले २ सय रूपयाँ कर लिएर किसानलाई ढाड सेक्ने काम गरेको भन्दै खनालले असन्तुष्टि जनाए ।
मैले आफ्नै खेतबाट आफ्नै भैंसीलाई खुवाउन ल्याएको हो , बेच्न ल्याएको पनि होइन भन्दै खनालले कर भनेर २ सयको रसिद काटे पछि तिर्न बाध्य भएको बताए । ब्यास नगरपालिका बाट स्वीकृत प्राप्त “खनाल इन्भेष्टमेन्ट कन्ट्रक्सन चापाघाट” बाट उक्त कर काटिएको हो ।