तनहुँका बिद्यालयमा बालिका शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

  • ख-
  • ख+

बिकास खनाल
दमाैली :
तनहुँका बिद्यालयमा सञ्चालन भएको बालिका शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । रूम टु रिड तथा पढ्नकाे लागि काेठा द्वारा सञ्चालित बालिका शिक्षा कार्यक्रम बाट तनहुँका १२ वटा सामुदायिक बिद्यालयमा अध्यनरत १४ सय ५१ जना छात्रा बिद्यार्थीहरू लाभान्वित छन् ।

तनहुँकाे ब्यास नगरपालिका , म्याग्दे गाउँपालिका , भानु नगरपालिका , बन्दिपुर गाउँपालिका र ऋषिङ गाउँपालिका भित्रका बिद्यालयहरूमा बिगत ५ बर्षदेखि उक्त कार्यक्रम चल्दै आएकाे छ । कार्यक्रमले छात्राहरूलाई जीवन उपयोगी सीप शिक्षा दिलाउँदै अाफ्ना अधिकारका बारेमा , आदर्श ब्यक्ति बन्ने बारेमा , अरूकेा बिश्वास जित्ने बारेमा शिक्षा दिएको छ । यस्तै अध्यनकाे लागि समय तालिका बनाउने बारेमा ,भविष्यमा गर्ने पेशाकाे बारेमा , याैनराेग र एचआईभीका सम्बन्धमा , याैनजन्य हिंसा र दुर्व्यवहार राेकथाम सम्बन्धमा , चिनेजानेका बाट हुने बलात्कार सम्बन्धमा , स्वास्थ्यका लागि पाेषण तथा शैक्षिक याेजनाकाे निर्माणका बारेमा शिक्षा दिने गरेको छ ।

बिद्यालयमा बालिका शिक्षा कार्यक्रम सञ्चालन भएको ब्यास १० शिव माविकि कक्षा ९ मा अध्यनरत छात्रा वर्षा गिरिले जीवन उपयोगी शिक्षाले आफुहरूकाे आत्मबल बढेको बताइन् । पहिले म अगाडि उभिएर बाेल्न पनि सक्थिन तर अहिले धेरै मानिसको अगाडि निर्धक्क सँग बाेल्न सक्छु उनले भनिन् । गिरिले जस्तै त्यहाँ अध्यन गर्ने अन्तिमा बि क काे भनाइ पनि उस्तै छ । बिकले पनि जीवन उपयोगि शिक्षाले पढ्ने सीप तथा पढ्ने बानिका लागि धेरै प्रभावकारी बनाएको बताइन् ।

यश कार्यक्रमले बिद्यार्थीहरूकाे उत्साह , आंट र साहस अत्यन्तै बढेको पाएको सामाजिक परिचालिका सिर्जना पराजुलीले बताइन् । पारिवारिक बाताबरणमा कक्षा लिने गरेको हुनाले छात्राहरूले अाँफुलाइ मिस मेडम नभनि दिदी भन्ने गरेको उनलेे सुनाइन् । हामी त बिद्यालयमा हुँदा शिक्षक र बिद्यार्थीकाे रूपमा नभइ दिदिबहिनी काे रूपमा छाैँ पराजुलीले भनिन् ।

बुधबार उक्त कार्यक्रम संचालित ब्यास नगरपालिका अन्तर्गतका शिव मावि ब्यास १० , निर्मल मावि ब्यास १ र सत्यबति मावि ब्यास २ मा ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपाने , शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख , ब्यास नगर शिक्षा अधिकृत , महिला तथा बालबालिका शाखा लगायतका टाेलिले रूम टु रिड सँग संयुक्त रूपमा अवलोकन तथा अनुगमन गरेको थियो ।

उक्त अवलोकन तथा अनुगमन भ्रमणमा जाँदा छात्राहरूले कार्यक्रम प्रभावकारी भएको हुँदा निरन्तरता दिन अाग्रह गरेका थिए । नमुना कार्यक्रम बिचमै सकिन्छकि भन्ने शिक्षक , अभिभावक र बिद्यार्थीहरूकाे चिन्ता थियो । कार्यक्रममा रूम टु रिडका फिल्ड कार्यक्रम ब्यबस्थापक दिनेश पाेखरेलले सबैकाे चाहना कार्यक्रम निरन्तरता हुनुपर्ने भएको हुँदा यसतर्फ लागिपर्ने र कार्यक्रम पूरा गराउने बताएका थिए ।

पाेखरेलले बिद्यालय , बालिका , अभिभावक र स्थानीय तहको अपेक्षा अनुरूप अागामि दिनमा यश कार्यक्रमकाे बिस्तारकाे लागि स्थानीय तह सँग समन्वय तथा सहकार्य गरि अगाडि बढ्ने र स्थानीय तहले उक्त कार्यक्रमलाई अाफ्नाे याेजनामा राखि अगाडि बढेको खण्डमा रूम टु रिड प्राविधिक सहकार्य गर्नमा तयार रहेको बताएका थिए ।


अमेरिकी नागरिक ” जाेन ” नेपाल भ्रमणको शिलशिलामा सन् दुई हजारमा लमजुङको बाहुनडाँडामा पुग्दा बिद्यालयकाे पुर्वाधार र बालबालिकाकाे अवस्था अत्यन्तै कस्टकर देखेका थिए । बिद्यालयमा पुस्तकहरूकाे अबस्था नाजुक रहेको जस्ता दृश्यले उनलाई नेपालमै किताबहरू बितरण गरि शैक्षिक क्षेत्रमा याेगदान दिन मन लाग्याे ।

त्यहि समयमा उनलेे शैक्षिक क्षेत्रमा सहयोग पुर्याउन सकिने खालको काम गर्न नेपालमै रूम टु रिड संस्थाकाे स्थापना गरि पुस्तकालय निर्माण कार्यक्रम सुरुवात गरेका थिए । रूम टु रिड नेपाल सँगै बिस्तारै अन्य देशहरूमा पनि साक्षरता र बालिका शिक्षा कार्यक्रम लिएर सञ्चालन भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी