करोडौं लगानीको महिला तथा बालबालिका कार्यलय ९ बर्ष देखि अलपत्र

  • ख-
  • ख+

बिकास खनाल दमाैली : तनहुँमा करोडौं लगानीको महिला तथा बालबालिका कार्यलय ९ बर्ष सम्म सम्पन्न हुन नसक्दा अलपत्र परेको छ ।

महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय अन्तर्गतको यश कार्यलय भवन निर्माणकाे लागि आ व २०७० / २०७१ मा १५ महिना भित्र सम्पन्न गर्ने गरि श्री गिता मना जेवि कम्पनीले सम्झौता गरेको थियो । तर काम समयमा नसक्दा पटकपटक म्याद थप्दै गएपनि कम्पनीले भवन सम्पन्न नगरी अलपत्र छाेडेकाे छ ।

भ्याट बाहेक १ करोड १० लाख ९३ हजार ५३ रूपयाँमा सम्झौता भएको भवन सम्पन्न हुन नसक्दा बिगत लामो समयदेखि बेवारिसे अवस्थामा छ । २०७५ सालमा संघियता आएपछि महिला बिकास कार्यलय नैँ खारेज भए पछि यसको जिम्मेवारी कसले लिने भन्ने अन्याेलले पनि समस्या आएकाे हाे ।

अलपत्र भवन संघीय सरकार अन्तर्गत भएको र उस्तै मिल्दोजुल्दो प्रकृतिको प्रदेश कार्यलय अन्तर्गतको सामाजिक बिकास कार्यलय खुलेपनि संघिय सरकारबाट अाधिकारिक पत्र नआएकाेले उक्त भवनको अभिभावकत्व कसले लिने भन्ने अन्याैल छ । सामाजिक बिकास कार्यलय अहिले भवन नपाउँदा दुईवटा साँगुरो काेठामा बस्न बाध्य छ ।

अलपत्र भवन सम्पन्न गराउन सके आफ्नाे कार्यलय त्यहि भवनमा सार्ने उसको याेजना छ । तर गत बर्ष भवन सम्पन्नताकाे लागि भनि सामाजिक बिकास मन्त्रालय बाट आएकाे ५० लाख काम हुन नसक्दा यत्तिकै फ्रिज भएको सामाजिक बिकास कार्यलयका प्रमुख बिक्रम सुवेदीले बताए ।

भवन लामो समय देखि बेवारिसे हुँदा घाँस उम्रेर झाडि हुन थालेको , बेवारिसे अवस्थाका मानिसको बस्ने तथा अनैतिक कृयाकलाप गर्ने ठाउँ भएको , कुलतमा लागेका युवायुवतीलाई लुक्ने ठाउँ भएको र सार्वजनिक साैचालयकाे रूपमा परिणत भएको छ ।

करोडौंको भवन लामो समयदेखि अलपत्र अवस्थामा रहेको र बिक्रीतिमा लागेका युवायुवतीको लुक्ने ठाउँ रहेको भन्दै स्थानीयले भने चिन्ता ब्यक्त गरेका छन् । भवन ठड्याउने सम्मकाे काम भएपनि प्लास्टर , झ्याल ढाेका , रङराेकन देखिका धेरै काम अलपत्र छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्