शुक्लागण्डकी पत्रकार मञ्चको सल्लाहकार चयन

  • ख-
  • ख+

दुलेगौंडा: शुक्लागण्डकी पत्रकार मञ्चको सल्लाहकार चयन गरिएको छ ।

मञ्चको सोमवार दुलेगौंडामा भएको बैठकले शिव शंकर बानीयाँ, ध्रुव पौडेल, कमल मोहन घिमिरे र पशुपती अर्याललाई सल्लाहकारमा चयन गरेको अध्यक्ष राजन उपाध्यायले जानकारी दिए ।

बानीयाँ रेडियो तनहुँका स्टेसन मेनेजर हुन भने पौडेल नेपाल समाज डटकमका अध्यक्ष हुन् । कमलमोहन घिमिरे आदर्श समाज राष्ट्रिय दैनिका र अर्याल रेडियो ढोरबाराहीमा आवद्ध छन् ।

मञ्चका अध्यक्ष उपाध्यायको अध्यक्षतामा भएको बैठकले शुक्लागण्डकी नगरपालिकासँग सहकार्यगरि विभिन्न कार्यक्रम गर्ने निर्णय समेत गरेको सचिव अशोक विश्वकर्माले जानकारी दिए ।

शुक्लागण्डकी क्षेत्रमा क्रियाशिल पत्रकार र सञ्चारकर्मीले हालै मञ्च स्थापना गरेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी