प्रमाणपत्र लिन किन आएनन् पौडेल ? बिरामी भएर कि, प्रधानमन्त्रीको दौडधुपले ! !

  • ख-
  • ख+

बिकास खनाल

दमौली : तनहुँ क्षेत्र नँ १ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल प्रमाणपत्र बुझ्न किन आएनन भन्ने चर्चाले यति बेला दमौलीमा खासखुस सुरु भएको छ । केहीले यति बेला पौडेल प्रधानमन्त्रीको दौडमा भएकोले काठमाडौं केन्द्रित हुनु पर्दा ब्यस्तताले आउन नपाएको बताएका छन् भने केहीले स्वास्थ्यमा सामान्य समस्या आएपछि चेकअप मा जानुपर्दा प्रमाणपत्र लिन आउन नभ्याएको बताएका छन् । नेपाली कांग्रेस तनहुँ क्षेत्र नं १ का क्षेत्रीय सभापति श्याम मौरतीले पौडेल बिरामी भएको कारण उपस्थित हुन नमिलेको बताए । उहाँलाई स्वास्थ्यमा सामान्य समस्या देखिएको र चेकअपको लागि काठमाडौं जानुभएको मौरतीले जानकारी दिए ।

तर पौडेलको हतारो स्वास्थ्यमा मात्रै छैन उनी यसपटक जुनसुकै हालतमा पनि कार्यकारी पदमा पुग्न चाहन्छन् । जिल्लामा चुनावी नारा नैँ “ पौडेल भावि प्रधानमन्त्री “ भन्ने रहेकोले तथा डुम्रेको चुनावी सभामा माओबादिका अध्यक्ष प्रचण्डले धेरै मतले जिताएर पठाउनुहोस् ,प्रधानमन्त्रीको लागि पहल गर्छु भनेकाले पनि पौडेल प्रधानमन्त्रीको दौडमा छन् भन्ने देखिन्छ । यसका लागि पौडेलले शिर्ष नेताहरूलाई समेत भेट सुरु गरिसकेका छन् । नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले त पौडेललाइ पार्टी भित्र मिलाएर आउन सकेमा साथ दिने भेटमा बताएको बाहिर आइसकेको छ । कांग्रेस एक जिल्ला नेताले भने जति हतारो भए पनि पौडेल चुनावी कार्यक्रम सकेर मतदातालाई धन्यवाद दिन केही दिन जिल्लामै बस्नुपर्ने बताउँछन्, यसै त जितेर गएपछि पौडेल जिल्लामा फर्केर आउँदैनन भन्ने आरोप छ ,झन त्यस्तो बेलामा प्रमाणपत्र लिन बस्न समेत नभ्याइ काठमाडौं जाँदा जनतामा गलत सन्देश जान सक्छ ती सदस्यले भने ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रमाण पत्र हस्तान्तरण कार्यक्रममा अनुपस्थित भएका कारण पछि हस्तान्तरण गरिने प्रमुख निर्वाचन अधिकृत दलबहादुर केसीले जानकारी दिए । प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा पौडेल अनुपस्थित भएकाले तनहुँ क्षेत्र नं १ (१) र (२) बाट नबनिर्वाचित गठबन्धनका दुई उम्मेदवार अशोक कुमार श्रेष्ठ र हरिबहादुर चुमानलाई मात्रै प्रमाणपत्र,बधाई तथा शुभकामना प्रदान गरिएको थियो । तनहुँ क्षेत्र नं १ का मुख्य निर्वाचन अधिकृत दलबहादुर केसी,प्रमुख जिल्ला अधिकारी बिश्वप्रकाश अर्याल लगायतको उपस्थितिमा निर्वाचित साँसद द्धयलाई प्रमाणत्र, बधाई तथा शुभकामना प्रदान गरिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी