तनहुँमा लैङ्गिक हिंसा विरूद्धकाे १६ दिने अभियान अन्तर्गतको तयारी बैठक सम्पन्न

  • ख-
  • ख+


दमाैली : तनहुँमा लैङ्गिक हिंसा विरूद्धकाे १६ दिने अभियान अन्तर्गत समन्वयात्मक तयारी बैठक सम्पन्न भएको छ । बुधबार दमाैलीमा अायाेजित तयारी बैठककाे तनहुँका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले सुभारम्भ गर्दै सबैले आआफ्नाे ठाउँबाट जिम्मेवारीत्व बहन गर्न सके हिंसा कम हुने बताए । सञ्चार माध्यमले कतै घटना घटेमा तत्कालै समाचारकाे माध्यमबाट बाहिर ल्याउने र सचेतना कार्यक्रम मार्फत सुसूचित गराउन सक्ने हुँदा हिंसा कम गराउन सञ्चार माध्यमकाे भुमिका महत्त्वपूर्ण हुने अर्यालको भनाइ थियो ।

कार्यक्रममा सामाजिक बिकास कार्यलय तनहुँका प्रमुख विक्रम सुवेदीले म याे काम गर्न सक्छु भन्ने मनाेभावना जिम्मेवार निकायमा बसेका ब्यक्तित्वहरूमा भित्रै देखि देखिन सकेमा हिंसा निर्मुल गर्न सकिने बताए । स्थानीय तह देखि अन्य निकायमा सबै जना सराेकार वाला भएकोले अाँफु कार्यरत कार्यलय , संघ , संस्थाबाट कस्तो खालको काम गर्न सकिन्छ भन्ने बारेमा साेच्न उनलेे आग्रह गरे । सामाजिक बिकास बिना दिगो र भाैतिक बिकास मात्रै सम्भावना नरहेको उनको भनाइ थियो । तनहुँलाई हिंसा न्युनिकरण गर्दै हिंसा रहित जिल्ला घाेसणा गर्ने लक्ष्य सामाजिक बिक्रास कार्यलयकाे रहेको प्रमुख सुवेदीले बताए ।


कार्यक्रममा जिल्ला समन्वय समितिका अधिकृत थमन सिंह थापाले सबै सराेकार वाला निकायले हातेमालो गरेर प्रभावकारी काम गर्न सके हिँसा न्युनिकरणमा सहयोग पुग्ने बताए । कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाई तनहुँका प्रमुख बसन्त राज पाैडेलले जहाँ विभेद हुन्छ त्यहाँ हिंसा सुरुवात हुन्छ भन्दै बिभेदकै अन्त्यमा लाग्नुपर्ने बताए । हिंसाकाे खाेजि र उपायकाे बारेमा याे सुरुवात भएकोले कार्ययोजना बनाएर अगाडि बढ्दा प्रभावकारी हुने पाैडेलकाे भनाइ थियो ।

साे अवसरमा म्याग्दे गाउँपालिका महिला शाखा प्रमुख सारदा पाैडेल गैर्हे , प्रहरी प्रमुख राजेन्द्र बाबू रेग्मी , काेशिष नेपालका प्रतिनिधि , पालिकाका प्रतिनिधिहरू तथा विभिन्न सराेकार वाला ब्यक्तिहरूकाे सहभागीता रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी