कोरोना संक्रमण : एकैदिन थपिए ३४३९

  • ख-
  • ख+


काठमाडौं:नेपालमा थप  ३४३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  

बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप ३४३९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ। संक्रमितमध्ये ६८ हजार ६६८ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ५७८ जनाको मृत्यु भएको छ।  

प्रवक्ता गौतमका अनुसार बुधबार कोरोनालाई जितेर ११२६ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्