पण्डित ऋषिराम वाग्ले र उहाँको परिवेश ” नामक पुस्तकको दमाैलीमा बिमाेचन

  • ख-
  • ख+


” पण्डित ऋषिराम वाग्ले र उहाँको परिवेश ” नामक पुस्तककाे संविधान सभा सदस्य रामचन्द्र पाेख्रेलले बिमाेचन गरेका छन् ।

शुक्रवार दमाैलीमा पुस्तक बिमाेचन गर्दै पाेख्रेलले संस्कृतिको मर्म बुझ्ने ब्यक्ति स्व . वाग्ले भएको बताए । वाग्ले राजनीतिक , धार्मिक , सामाजिक लगायतका सबै क्षेत्रमा निकै अब्बल ब्यक्ति भएको भन्दै पाेख्रेलले तत्कालीन अवस्थामा संस्कृतमा शास्त्री सम्मको अध्यन गर्न सक्नु ठुलो उपलब्धि भएको बताए ।

कार्यक्रममा राष्ट्रिय याेजना अायाेगका पुर्व उपाध्यक्ष जगदीशचन्द्र पाेख्रेलले पुस्तक अाँफैमा एतिहासिक दस्तावेज भएको बताए । कार्यक्रममा पुस्तक समिक्षा बारेमा बाेल्दै डा इश्वर चन्द्र वाग्लेले पुस्तक समिक्षा बाह्य अाधार र अान्तरिक अाधार गरि दुईवटा अाधारमा गरिने बताए । वाग्लेले
पुस्तककाे बनाेट राम्रो रहेको , फाेटाे , खाेल , अक्षरकाे अाकार उपयुक्त रहेको बताए ।

डा . वाग्लेले छपाइ र बधाँइ तथा शिर्षक हरू राम्रै देखिएपनि पुस्तकमा क्रमभंगता भएको जस्तो कमजोरी देखिएकाे बताए । यस्तै अर्का पुस्तक समिक्षाकार देवी बहादुर बस्नेतले पुस्तक प्रकाशनले भावि पुस्ताको लागि वाग्लेले समाजमा पुर्याएकाे याेगदानकाे स्मरण ताजगि गर्ने काम गरेको बताए ।

स्व. वाग्लेकि जेठि छाेरि
नारायणी काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा बरिस्ठ अधिवक्ता यदुनाथ खनाल , डा रघुनाथ न्याैपाने , डा. शेषरमण न्याैपाने , सारदा न्याैपाने , कृष्णचन्द्र पाैडेल , सीता अधिकारी ,छाेराहरू बद्रीनाथ वाग्ले , केदारनाथ वाग्ले लगायतका बक्ताहरूले पण्डित ऋषिराम वाग्लेकाे महत्त्वकाे बारेमा प्रकाश पारेका थिए । स्वर्गीय पण्डितको १० वटा छाेरि २ वटा छाेरा तथा १ सय ६ जना नातिनातिना रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी