तनहुँ १: पौडेल वा जोशी कसको पुनरागमन ? कि राना आउलान् ?

  • ख-
  • ख+

बिकास खनाल
दमौली:
आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि तनहुँकाे क्षेत्र नं १ मा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एमालेका एक बहादुर राना र स्वतन्त्रबाट उठेका गोविन्दराज जोशी बीच त्रीपक्षीय चुनावी भिडन्त हुने भएकाे छ ।

दुईवटा प्रतिनिधिशभा र चारवटा प्रदेशसभा रहेको तनहुँमा बरिस्ठ नेता पाैडेलकाे क्षेत्र भएकोले क्षेत्र नँ १ लाई सर्वत्र चासोको रूपमा हेरिएको छ । साताैं पटक चुनावी मैदानमा उत्रिएका पाैडेल २०४८ सालदेखि लगातार चुनाव लडिरहेका छन् । २०४८ सालमा तनहुँ क्षेत्र नं १ बाट बिजय भएका पाैडेलले २०५१ सालमा निर्वाचन क्षेत्र फेर्दै क्षेत्र नं २ बाट बिजयि भए ।

त्यसपछि लगातार २०५६ , २०६४ र २०७० मा उनी क्षेत्र नं २ बाटै बिजयि भए । पाैडेल सभामुख , उपप्रधानमन्त्री , स्थानीय बिकास मन्त्री लगायतका थुप्रै मन्त्रालय सम्हाल्ने माैका पाएपनि प्रधानमन्त्री र पार्टीको सभापति पाउन नसकेका नेता हुन् । उनी यसपटक साँसद जितेर कार्यकारी पदमा पुग्न चाहन्छन् ।

तिनवटा क्षेत्र रहेको तनहुँमा नेपालकाे संघीय पुनर्संरचना अनुसार २०७४ काे चुनावमा दुईवटा मात्रै क्षेत्र कायम भयो । जसमा क्षेत्र नं १ राेजेर चुनाव लडेका पाैडेल तत्कालीन नेकपा एमालेका उमेदवार कृष्ण कुमार श्रेष्ठ सँग पराजित भए । पाैडेललाइ श्रेष्ठले ६ हजार ८ सय २ मतान्तरले पराजित गरे ।हाल श्रेष्ठ नेकपा एकीकृत समाजवादीमा छन् र गठबन्धनको तर्फबाट बाराबाट चुनाव लड्दैछन् ।

छैटौं पटककाे यात्रामा ठेस लागेका पाैडेलले अहिले साताैं पटक जित निकाल्ने प्रयासमा छन् । पाैडेलकाे प्रयासमा नेपाली काङ्ग्रेस बाट निश्कासित पुर्व सह महामन्त्री गोविन्दराज जोशी खासगरी पाैडेललाई कुनै हालतमा पनि जित्न नदिने भन्दै तगारो बनेका छन् ।

तगारो बनेका जाेशि यतिबेला चुनावी घरदैलो अभियान सकेर चुनावी जाेड घटाउमा छन् । पाैडेलले जस्तै जाेशिले पनि अाँफु जित्ने गरि अगाडि बढेको बताइरहेका छन् । गठबन्धनको मुख्य जडसुत्रधार नैँ अाँफु रहेको र यसपटक जसरी पनि जित्ने पाैडेलले दावी गरिरहँदा जाेशिले भने अाफ्नाे उमेदवारि गठबन्धनको बिरूद्ध रहेको बताएका छन् ।

नेपाली राजनीति बिघटनकाे बाटो तिर गएको र गठबन्धनकाे राजनीति पुर्णतया अप्रजातान्त्रिक भएकोले स्वतन्त्रमा उमेदवारि दिएको जाेशिले बताएका छन् । काङ्ग्रेस बरिस्ठ नेता रामचन्द्र पाैडेललाइ २०७४ काे चुनावमा असहयोग गरेको भन्दै काङ्ग्रेस अनुशासन समितिले २०७६ साल साउन १० गते ५ बर्षकाे लागि पार्टीको साधारण सदस्य समेत नरहने गरि जाेशिलाइ कारबाही गरेको थियो ।

जाेशिले २०७४ सालकाे निर्वाचनमा पनि उम्मेदवारी दर्ता गराएका थिए , तर अयोग्य ठहर गर्दै निर्वाचन अायाेगले उनको उम्मेदवारी खारेज गरेको थियो । ०४८ मा तनहुँ २ र ०५१ मा तनहुँ १ बाट निर्वाचित भएका जोशी शेरबहादुर देउवा नेतृत्वको सरकारमा शिक्षामन्त्री भएका ब्यक्ति हुन् ।

त्यस्तै ०५५ मा गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा गृहमन्त्री भएका उनी ०५५ पुसमा सामान्य प्रशासन मन्त्री भएका थिए । ०५६ मा तनहुँ १ बाट निर्वाचित भएका उनी कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा जलस्रोतमन्त्री भए भने ०५६ मा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा पनि गृहमन्त्री भए ।

०५७ मा पोखरामा भएको १०औँ महाधिवेशनबाट जोशी पार्टीको सहमहामन्त्री भएका थिए । २०४८, २०५१ तथा २०५६ सालमा तनहुँ बाट प्रतिनिधी सभा सदस्य भई ८ बर्ष पार्टीको केन्द्रिय सदस्य र एक कार्यकाल पाटीको सहमहामन्त्री भएका जोशी अाँफुले सक्तिमा हुँदा गरेको बिकासकाे प्रभावले पनि जसरी पनि जित्ने दावि गर्छन् । नेपाली कांग्रेसको गढ भनेर चिनिने तनहुँ पौडेल र जोशीको द्धन्द्धका कारण कमजोर बनेकाे अनुभुती एकथरी कार्यकर्तामा छ ।

जसको पुष्टि गत २०७४ काे निर्वाचनमा दुईवटा प्रतिनिधिसभा तथा चार वटै प्रदेश सभामा नेपाली काङ्ग्रेसका उमेदवारले हार्नुले पनि पुष्टि गर्दछ् ।यहि कमजोरीकाे फाइदा उठाउने दाउमा एमालेका उम्मेदवार एकबहादुर राना छन् । जाेशिकाे पृष्ठभूमि पनि काङ्ग्रेस नै भएकोले कांग्रेसको मत बाँडिने र अाँफुले जित्ने रानाकाे दावी छ । राना २०४८ सालदेखि संसदीय यात्राको लागि पटकपटक एमालेकाे तर्फबाट चुनाव लडि पराजित हुँदै अाएका पुराना नेता हुन् ।

गठबन्धनको बलियो अाधार रहेकोले जाेशि र राना उठेपनि अाँफुहरूले जित्ने पाैडेल पक्षकाे अाँकलन छ ।‘यो क्षेत्रमा पाँच वटा पालिका पर्छ । त्यस मध्ये कांग्रेसले तीनवटा पालिका जितेको छ भने एक एक वटामा माओवादी र एमालेले जितेको छ । याे अवस्था हेर्दा गठबन्धन केही सहजता देखिन्छ । तथापि गठबन्धन अगाडि जस्तो देखिएपनि जाेशि लगायतको स्वतन्त्र तथा अन्य साना दलले ल्याउने मतले पाैडेलकाे हारजितकाे रूपरेखा निर्धारण गर्ने विश्लेषण अाम तनहुँ बासिकाे छ ।

केही दिन अगाडि तनहुँकाे डुम्रेमा अाएर पाैडेललाई जिताएर पठाउन नेकपा माअाेबादिका अध्यक्ष प्रचण्डले अाग्रह गरेका छन् र प्रधानमन्त्रीकाे सम्भावना भएको ब्यक्ति भनेर ढाडस दिएर गएका छन् ।

पाैडेलले डुम्रेकाे अामसभा सँगै अाज दिउँसो दमाैली बजारमा माेटरसाइकल र्यालि गरेर शक्ति प्रदर्शन गरेको छ भने जाेशि भित्री ढंगले चुनावी प्रचारप्रसारमा लागेकाले कसले चुनाव जित्छ ठ्याक्कै भन्न नसकिने अवस्थामा छ ।

तिनै जना उम्मेदवारले अाँफु अाँफुले जित्ने दावी गरिरहँदा मतदाताले भने कसलाई जिताउँछन् त्यो हेर्न भने मंसिर ४ गतेको निर्वाचन परिणाम पछि थाहा हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी