गोविन्द केसीको जीवनरक्षाको माग गर्दै दमौलीमा प्रदर्शन (भिडियोसहित)

  • ख-
  • ख+

दमौलीः चिकित्सक गोविन्द केसीको जीवनरक्षाको माग गर्दै दमौलीमा युवाले प्रदर्शन गरेका छन् । चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै आमरण अनशनमा उत्रिए पनि उनको माग पुरा गर्नका लागि सरकारले गम्भीरता नदेखाएको आरोप लाग्ने गरेको छ ।

स्वास्थ्य अवस्था थप जटिल बन्न थाले पछि केसीको माग पुरा गराउन दबाब दिन कार्यक्रम गरिएको युवा सागर घिमिरेले बताए । उनी गत साता केसीको समर्थनमा अनशन पनि बसेका थिए । उनले केसीका माग पुरा गर्दा सरकारलाई नै फाइदा हुने बताए ।

दमौली ट्राफिक चोकमा प्रदर्शन गरेका युवाले आफूहरु केसीको पक्षमा भएको भन्दै उनका माग पुरा गराउन सरकारलाई दबाब दिएका थिए ।

कार्यक्रममा सहभागी गौरव पन्थ, मोहमद गफरलगायतले सरकारले आफ्नो स्वार्थ नराखिकन आन्दोलनमा उत्रिएका केसीको माग पुरा गरेर चिकित्सा क्षेत्रमा सुधार गर्नुपर्ने माग गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्