मादि नदिले बगाउदा एक पुरुषको मुत्यु

  • ख-
  • ख+

दमौली : मादी नदीमा नुहाउन गएका एक पुरुषको नदिले बगाउदा मृत्यु भएको छ ।

आज दिउसो १२ः२० वजेको समयमा नुहाउदै गरेका सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका वडा नं. १० वस्ने ६० वर्षका झिलक बहादुर पौैडेलको मृत्यु भएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

उनका अनुसार सोहि मादी नदीले बगाई उनलाई १ किलो मिटर तल पुर्याएको अवसथामा स्थानीयले उद्धार गरि तत्काल उपचारको लागि दमौली अस्पतालमा पठाएकोमा उनको १ः२० मा मृत्यु भएको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी