
दमौलीः आफैंले चलाएको ट्याक्टरले च्यापेर व्यास १ खकौलीमा एक जनाको ज्यान गएको छ । बिहान भएको घटनामा परी ज्यान जानेमा स्थानीय कमलबहादुर दरै छन् ।
स्थानीय धनबहादुर दरैको पाखोबारी जोत्ने क्रममा कमलले चलाएको लु ३ त १३३५ नम्बरको ट्याक्टर बारीको डिलबाट तल खस्दा च्यापिएको प्रहरीले जनाएको छ ।
घटनालगत्तै गम्भीर घाईते भएका उनको उपचारका क्रममा दमौली अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रतिनिधि तस्बिर