चिज बल्स दिएर बालक अपहरण ?

  • ख-
  • ख+

दमौलीः खेलिरहेका एक बालक व्यास ४ वागभञ्ज्याङबाट बेपत्ता भएका छन् । ६ वर्षका दिप्सन श्रेष्ठ दिउँसो ३ बजेबाट बेपत्ता भएको उनको पारिवारिक श्रोतले जनाएको छ ।

प्रत्यक्षदर्शीले उनलाई एक महिलाले सँगै लिएर गएको बताएका छन् । आफन्त ईश्वर श्रेष्ठले महिलाले एक घरमा लगेर लुगा फेरेर लगेको जानकारी पाए पनि त्यसपछि केही थाहा हुन नसकेको बताए ।

‘घरमा खेल्दै गर्दा चिज बल्स दिएर लगेको सुनिएको छ,’ उनले भने,‘तर कहाँ कसरी लगेको थाहा भएन ।’
परिवारले अपहरणको आशंकामा खोजीका लागि प्रहरीमा निवेदन दिएको छ ।

व्यक्ति पत्ता लागिसक्यो खोजी हुँदैछः प्रहरी
प्रहरीले चिरपरिचित महिलाले नै बालक लगेको पाइएको बताएको छ । ‘यस अघि नै आइरहने महिलाले लगेको बुझिएको छ,’ उनले भने,‘हामीले मानिसको पहिचान गरेर खोजी जारी राखेका छौं ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्