दमौलीका पसल व्यवसाय विहान ७ देखि साँझ ७ सम्म

  • ख-
  • ख+


दमौलीः
जोखिम बढ्दै गए पछि दमौलीका उद्योग व्यवसाय विहान ७ देखि साँझ ७ बजेसम्म खुलाउने विषयमा सहमति जुटेको छ ।

व्यास नगर उप प्रमुख मीरा जोशीको अध्यक्षतामा बसेको व्यवसायी तथा उपभोक्ता अधिकारकर्मी सहभागी बैठकमा बजारमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै विहान ७ देखि साँझ ७ बजेसम्म व्यवसाय सञ्चालन गर्ने सहमति जुटेको तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाई सभापति राजकुमार श्रेष्ठ ‘राकु’ले जानकारी दिए ।

एकाईले व्यवसायीलाई विहान ७ देखि साँझ ७ बजेसम्म व्यवसाय सञ्चालन गर्न र स्वास्थ्य मापदण्ड पालना गर्न सूचना जारी गरेको छ ।

होटलका हकमा भने हाल ९ बजेसम्म खुलाउने सहमति भए पनि यस विषयमा थप छलफल गर्ने नगरपालिकाले बताएको सभापति श्रेष्ठले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्