विविध सांस्कृति कार्यक्रम एवं वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न, ऋषिङ्गको विकासको जिम्मा मेरो- पुर्व मन्त्री भण्डारी

  • ख-
  • ख+

संजय श्रेष्ठ
बडा दशैं २०७९ को अवसरमा धर्म ज्योति युवा क्लबद्धारा ऋषिङ्ग-५ बुन्जीमा आयोजित विविध सांस्कृति कार्यक्रम एवं शुद्ध साविक वडा स्तरिय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व वन मन्त्री शंकर भण्डारीले आउँदै गरेको मंसिर ४ गरेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा आफू लगाएत नेपाली कांग्रेसका उम्मेदवारहरुलाई जिताउनु भएको खण्डमा ऋषिङ्ग क्षेत्रको समग्र विकासका निम्ति आफू प्रतिबद्ध भएर लाग्ने बताए ।
भण्डारीले ऋषिङ्ग क्षेत्र ५ वर्ष अगाडि भन्दा अहिले थप दुरावस्था मा पुगेको बताए । उनले विद्युतका पोल जीर्ण अवस्थामा पुगेको, बाटोको स्तर झनै खस्किएको तथा विद्यालय लगाएतका भौतिक विकासका काम हरु नभएकोले ऋषिङ्ग गाउँपालिका सँगै जोडिएर योजनाहरू अगाडि बढाइने जानकारी गराए । यहाँका मुख्य सडक ५ वर्ष भित्र पूर्ण रूपमा कालोपत्रे लगाएत सहाएक सडकहरुको स्तरउन्नती गर्नेमा समेत भण्डारीले प्रतिबद्धता व्यक्त गरेका छन् । गाँउ गाँउमा भएका विभिन्न विधाका खेलाडी र खेलको प्रवर्धनका लागि थप काम गर्ने र कला संस्कतिकमार्फत ऋषिङ्गलाई चिनाउनका लागि सांस्कृतिक महा बिद्यालय समेत स्थापना गर्नेछु उनले भने ।


कार्यक्रममा विशिष्ट अतिथि ऋषिङ्ग गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले अघिल्लो पटक नेपाली कांग्रेस यो क्षेत्रबाट हार्दा युवाहरुका चाहनाहरु हारेको स्मरण गर्दै यो पटक जनतालाई जन अधिकार सम्पन्न गराउन र लोकतन्त्रका मुलभुत मान्यताहरु स्थापना गर्नको लागि पनि कांग्रेसलाई बिजय गराउन आवश्यक रहेको प्रति ध्यानाकर्षण गराएका थिए ।
समापन कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला कार्य समिति सदस्य मोहन गिरी, शुक्लगण्डकी नगरपालिका नगर प्रमुख
कृष्णराज पण्डित, नेपाली कांग्रेस ऋषिङ्गका सभापति तिल बहादुर थापा जिल्ला भलिबल महासंघका महा सचिव अशोक गिरी लगाएतको उपस्थिति रहेको थियो ।
प्रतियगितामा भिमाद -४ सार डाँडा प्रथम, आदर्श युवा क्लब ऋषिङ्ग ७ दोस्रो र पिपल्टार युवा क्लब ऋषिङ्ग -५ तेस्रो तथा आयोजक सान्तवान हुन् सफल भएका थिए । विजयी समूहहरुलाई क्रमशः ३५ हजार, २० हजार, १० हजार , ५ हजार नगद र ट्रफी मेडल तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी