कुमारी बैंकले सामाजिक सुरक्षा भत्ता वितरणमा गर्यो ढिला सुस्ती, व्यापक जनगुनासो सँगै ऋषिङ्ग शाखालाई ध्यानाकर्षण पत्र

  • ख-
  • ख+


ऋषिङ्ग गाउँपालिकामा रहेको कुमारी बैंक शाखाले सामाजिक सुरक्षा भत्ता वितरणमा ढिला सुस्ती गरेको छ । गाउँपालिकाको सम्झौता अनुरूप वडा नं ४.५.६.७ र ८ को जिम्मा पाएको ऋषिङ्ग शाखाले चाड पर्वको मुखैमा समेत भत्ता वितरणको काम ढिला गरेको पाइएको हो । बैंकले १ महिना अघि देखि वितरण कार्यक्रम पोस्टिङ गर्दै आएकोले विशिष्ट क्षमताका, संवेदनशील प्रकृतिका नागरिकहरूमा मर्का पर्न गएकाले जनगुनासा बढ्दै गएको थियो । जनगुनासोहरुलाई मध्य नजर गर्दै ऋषिङ्ग गाउँपालिकाका जनप्रतिनिधिद्वारा ध्यानाकर्षण गराइएको छ । गाउँपालिकाका वडा नं ४ का वडा अध्यक्ष प्रेमराज श्रेष्ठ, ५ का बुद्धिमान राना मगर,६ का भक्तबहादुर आले, ७ का दुर्गाबहादुर थापा, ८ का भरतकृष्ण श्रेष्ठ लगाएत कार्यपालिकाका १० सदस्यीय समूहले बैंकले गरेको ढिला सुस्ती प्रति ध्यानकर्षण पत्र बैंकलाई बुझाएको छ । सो समूहले यस वर्षको सामजिक सुरक्षा भत्ता दीपावली अगावै वितरण गरिदिन समेत आग्रह गरेको छ । सोही अनुसार बैंकले सोमबार देखि ८ नं वडा बाट वितरण सुरु भएको थियो । एउटा वडालाई ३ दिन समय अवधिका दरले लागि वितरण सुरु गरिएको बैंकका कर्मचारी कमल बहादुर शाहीले जानकारी दिए । उनका अनुसार वितरण प्रकृयामा कुनै ढिला सुस्ती नभएको र विगतका वर्षहरुमा पनि पहिलो त्रैमासिक भत्ता यसै समयमा वितरण गरिएको उनले बताए । बैंकले आवश्यकता हिसाबले आउनुहुने सबै वडाका सेवाग्राहीलाई सेवा प्रदान गर्न तयार रहेको छ जानकारी दिए ।

जनप्रतिनिधिद्वारा हस्तान्तरित ध्यानकर्षणपत्र

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी