कुरा त्रेता युगको हो । त्रीलोकपती रावणको दबदबा कायम थियो । ब्रम्हज्ञाता र सबै गुणसम्पन्न रावणको बुद्धिको बिर्को सीता अपहरणमा लागेको थियो जसले उसको अवशान गरिदियो तथापी संसारभर रामको मात्र हैन रावणको पनि पुजा गरिन्छ । रावणको पुजा गरिनुमा लंकाको समृद्धी र उनको बिद्वतामात्र हैन लंकाको बैभवताका कारण पनि हो । शक्ति र बैभवताका कारण तीन लोक (स्वर्ग मर्त्य र पाताल) मा आधिपत्य जमाउने राजाका रुपले चिनिएको रावणले सिते मातालाई अपहरण गरेर लगेपछी आलोचित बने । देवमध्येमा सरल र मर्यादापुरुष मानिने रामका अर्धाङ्गिनिलाई अपहरण गरि लगेतापनी उनका ईच्छा बिपरित यौन कृडामा रावण गएनन र अन्तसम्म पनि सीता अलग र सुरक्षित रहिन तथापी राम र रावणको युद्ध हुनुनै थियो र वानरसेनाको सहयोगमा रामले राणसँग युद्ध लडे र बिजय प्राप्त गरे ।

यो लँडाई वास्तविक युद्ध थियो या काल्पनिक कथा त्यो मलाई यकिन छैन तथापी त्यो महायुद्धबाट रामायण सारबाट मानव जिवनका अभुतपुर्व उदाहरणको प्रभाव मेरो राजनैतिक जिवनमा छ । रावणको अमृतकुण्डको रहस्यका कारण उनको मृत्यु असम्भव देखिएपछी बिभिषणले गोप्य रहस्य खोलिदिएपछी उनको अवशान भएको तात्पर्य मात्र हैन थुप्रै जीवन दर्शनका लागि अपरिहार्य बिषय समेत उजागर गरिदिएको छ , जसमध्ये एउटा महत्वपुर्ण हो उनको प्राणत्याग भन्दा केही घडिको समय …. ।
रावणको रामबाणबाट मृत्यु हुँदैथियो । मृत्यु पुर्व नै रामले भाइ लक्ष्मणलाई आदेश दियो कि रावणसँग ज्ञानका कुरा सिकेर आउनु । लोक र युगकै सबैभन्दा ज्ञानी ठानिएको आफ्नै दाजु रामको आदेशले लक्ष्मणलाई केही समय बिलखबन्दमा पार्यो तथापी दाईको आज्ञा सिरोपर गर्दै रावणसँग गएर रामको आदेश सुनाउँदै ज्ञानका कुरा भनिदिन आग्रह गरे । रावणले आफुसँग धेरै समय नभएको र धेरै कुराहरु भन्न असमर्थ रहेकोले “कुनैपनी असल कार्यको लागि भोलि नभन्नु, कुनैपनी खराब कार्यको लागि आज नभन्नु” भन्ने ज्ञान दिँदै भने कि मेरो मनमा सीता अपहरणको गलत ख्याल नआएको भए वा त्यो बिचारलाई त्यागेको भए मेरो आज यो दिन आउने थिएन र म भित्र असंख्य असल ज्ञानहरु भोलिलाई नसाँचेको भए म अझ शक्तिशाली हुन्थे तर दुर्भाग्य मसँग भोलि छैन । यति भनेसँगै रावणको निधन भयो ।
अनि मेरो राजनैतिक जिवनमा सिकेको र सुनेको अर्को कथापनी छ ।

एउटा समाजमा एउटा दुष्ट थियो । उसको ध्यान गाउँको मानिसलाई कसरी दुख दिने भन्ने थियो । कहिले अनावश्यक आरोप लगाएर त कहिले मुद्दा चलाएर दुख दिन्थ्यो । दुख दिने अनेक बाटो खोज्नु र समाजसेवी हुँ भन्ने स्वाङ रच्नुमै उनको दैनिकी हुन्थ्यो । समयचक्र उ बूढो भयो र गाउँको मानिसलाई आफुले बाँचुन्जेल दुख दिएको र मरेपछी सबै गाउँले मिलेर बारमा लगाईएको घोँचामा आफुलाई उनेर राख्नको लागि अन्तिम ईच्छा सुनाए अनि केहिदिनमै उसको मृत्यु भयो । मृत्युपुर्व उसको अन्तिम ईच्छा अनुरुप गाउँको मानिसले एउटा सोईलामा उनिदिए अनि गाउँ नजिकै छेकवार लगाईएको बारमा ठड्याईदिए । उनको मृत्युपश्चात उनको मृत्युको रहस्य र भएका घटनाको बारे हल्ला फैलियो तत्पश्चात प्रहरिहरु आए , लासको प्रकृति हेरे अनि सबै गाउँलेलाई मुद्दा चलाएर जेल हाले ।
यो एउटा कथा हो तर कथाका दुष्टहरु रुप र नाम परिबर्तन गरेर तपाईं हामी बिच हुनसक्छन । दुष्टहरु बाँचुन्जेल मात्र हैनन मरेपछिपनी दुख दिन्छन । ती बाँच्दापनी र मरेपछिपनी दुखै दिन जन्मेका दुष्टहरु आजपनि छन तर हामिले गर्ने प्रणहरु नै त्यसका कालान्तरमा हुने हाम्रा समाज परिबर्तनका द्योतकहरु हुन जसमध्ये रामायणसँग सम्बन्धित अर्को कथा पनि छ जुन हामिले राजनैतिक जिवनकालमा पाएका थियौं ।
एकपटक रत्नाकर नामको डाँकाले रामायणकालमा लुटपात गर्दथे । दैनिक दुख दिनु र लुटपात र डकैंटी गर्नु उनको दिन चर्या थियो । भगवान र रामनाम उसको पहिलो बिमती थियो । उनी शक्तिशाली भैकनपनी दुष्कर्ममै बितेको उनको दैनिकी थियो । उतिबेलै नारद ऋषि उनकै समीप आए अनि उनलाई एक मन्त्र उच्चारण गर्यो भने दुखबाट मुक्ती पाउने र जीवन सार्थक हुने बताए । रत्नाकर डाँकालाई राम नाम दियो भने भड्किने निश्चय थियो त्यसैले उनले “मरा” भन्ने मन्त्र दिए । अन्तत: रत्नाकर नामक डाँका मरा शब्द उच्चारण गरि तप गर्न थाले । तपमा मरामरामरामरामरामरामरामरामरा उचारण गरेको उनको मन्त्र अन्तत: म राम राम राम राम राम राम राम राम राम उदृढ भयो । तपमा यति लिन भयो कि उनको शरिरमा धमिराले गुँड बनायो , धमिराको गोलाबाट रामनाम उच्चारण भएको आवाज समिपबाटै हिँडेका नारदले सुनेपछी उनले “रत्नाकर” भनेर बोलाएपछी ध्यान भङ्ग भएको थियो भने प्रसन्न र ज्वाजिल्यमान रत्नाकर बनिसकेको थियो । त्यतिबेलै रत्नाकरको नाम वाल्मीकि राखियो जसको अर्थ धमिराको गोला थियो । वाल्मीकि बनिसकेपछी उनले रामायण लेखे जसको नेपाली अनुबादक आदिकबि भानुभक्त आचार्य हुन ।
यी कथाहरु शास्त्रार्थ सहि या गलत वा सत्य वा मिथ्या जे भएपनी मेरो जिवनमा गहिरो अर्थ राखेको छ र आजपनी मलाई लाग्दछ कि हामिले अरुका कुभलो हुने बिचारहरुलाई भोलिका लागि र भलो हुने कार्य आजका लागि चुन्न सके हाम्रो समाज आजपनी सुन्दर बन्छ र भोलिको समाज पनि सुन्दर बनाउन सक्छौं भने कुनैपनी दुष्टहरुलाई सहि मार्ग (मन्त्र नै भनौं)दिन र देखाउन सक्यौं भने उसले पनि दुष्कर्म छोडेर समाजका लागि योगदान दिनसक्छ ।
लेखक नेपाली कांग्रेस तनहुँ-२ का सदस्य हुन ।











