ब्यास नगरपालिकाको गम्भीर गल्ती , सातौँ तहको कर्मचारीलाई आठौँ तह उल्लेख

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाले गम्भीर गल्ती गरेको छ । गत वर्ष नगरपालिकाको बोर्ड बैठकबाट निर्णय गराएर १९ जना कर्मचारीले १ तह बढुवा भइ लिएको सेवा सुविधालाई करिब १ बर्षपछि लोकसेवाले प्रक्रिया नपुगेको भन्दै बदर गरिदियो ।

बदर गरेपछि १९ जना कर्मचारी र नगरपालिकामा खैलाबैला भयो । पाए, खाए , लिएको सेवा सुविधा फिर्ता गर्नुपर्ने र १ तह बढुवाको नेमप्लेट घटुवा गर्नुपर्ने तितो सत्यलाई स्विकार गर्नुपर्ने भयो । तर त्यहि तितो सत्य र नियमकानुन लाई केही कर्मचारीले हजम गर्न सकिरहेका छैनन् ।

अहिले पनि सातौं तहको बोर्ड र नेमप्लेट राख्नुपर्ने ठाउँमा आठौँ तहको नेमप्लेट र बोर्ड राखि केही कर्मचारीले लोकसेवाको निर्देशनलाई धज्जि उडाउँदै चुनौति दिइरहेका छन् ।अहिले पनि नगरपालिकाको भित्ताको सुचना पार्टीमा सुचना अधिकारी आठौँ तहका कुमार कञ्चन जिसि उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी