अविरल वर्षा सँगै पहिरोको खतरा बढ्यो, पालिकाद्वारा सचेत रहन आग्रह

  • ख-
  • ख+

दानबहादुर श्रेष्ठ

ऋषिङ्ग :

एकसातादेखीको अबिरल बर्षाका कारण ऋषिङ्गको जनजिवन कष्टकर बनेको छ । दशैंको सन्मुखमै शुरु भएको बर्षाले दशैंलाई थप प्रभाबित पारेको छ । चहलपहल हुने र हजारौंको संख्यामा ऋषिङ्ग भित्रीने ऋषिङ्गेहरुको यात्रा यो पाली खासै सुखद र उल्लासमय बन्न सकेन । उल्लासमय रहने फुलपाती समापन कार्य नै जसोतसो साङ्गे गरिएको छ । हर्षबढाई र बाजागाजा सहित भित्र्याउने र साङ्गे गरिने फुलपातीमा यो पाली त्यति रौनक देखिएन । ऋषिङ्ग-७ कोतदरबारको दुर्गा भवानी मन्दिर परिसर र यस आसपास क्षेत्रमा बिगतको झै रौनकता देख्न सकिएन । फुलपातिको दिन गाजाबाजा सहित भित्र्याईने फुलपाती टिकाको दिन भजनचुट्कासहित माता दुर्गाको जयजयकार गरि समापन गर्ने गरिन्छ । गत बर्षको पहिरोको नराम्रो प्रभाव खेपेको ऋषिङ्गमा अबिरल परेको झरिले थप जोखिम बढाएको छ । ऋषिङ्गको ७ र ८ नं वडाका विभिन्न स्थानहरुमा पहिरो खस्दा यातायात अवरुद्ध बनेको छ । ऋषिङ्ग-७ साङखोल्सिमा खसेको पहिरो हटेको छ तथापी ८ नं वडाको पल्ट्याङ-ऐरिचौतारी मोटरमार्गमा खसेको पहिरोको कारण आवत जावत नै बन्द

छ ।

निरन्तर परेको झरिका कारण आउन सक्ने बिपदमा सचेत रहन ऋषिङ्ग गाउँपालिकाले आग्रह गरेको छ । गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले सडकमा यात्रा गर्दा सावधानी अपनाउन र पहिरोको जोखिम रहेको क्षेत्रमा सतर्क रहन आग्रह गरेका छन् । श्रेष्ठले कुनै किसिमको जोखिम र खतरा रहे तुरुन्त प्रहरी प्रशासन, वडा तथा गाउँपालिका कार्यालयमा जानकारी गराउन आग्रह समेत गरेको छन् । वर्षा रोकिए सँगै अवरुद्ध सडकहरु खुलाईने श्रेष्ठले जानकारी दिए ।

करिब २० हजार जनसंख्या रहेको ऋषिङ्ग गाँउपालिका क्षेत्रमा पहिरोका कारण गत बर्ष ७ जनाले ज्यान गुमाईसकेका छन् भने दर्जनौं घरहरु प्रभावित बनेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी