कांग्रेस केन्द्रीय सदस्य भट्टराईद्वारा समानुपातिकबाट नाम फिर्ता, प्रत्यक्ष चुनाव लड्ने घोषणा

  • ख-
  • ख+

दमौलीः पार्टी समानुपातिकतर्फको खस आर्यमा दोश्रोबाट चौथोमा परेपछि कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले निर्वाचन आयोग गएर आफ्नो नाम फिर्ता लिएका छन् ।

यस अघि सबैलाई मिलाउने भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले समानुपातिकबाट सांसद निश्चित हुने गरी व्यवस्थापन गर्छु भने पनि कांग्रेस नेताहरुबीचको अन्तिम सहमतिअनुसार खस आर्यमा चौथोमा भट्टराईको नाम परेको खुलेको थियो ।
यसआधारमा भट्टराई सांसद हुने सम्भावना निकै कम देखिएपछि उनले नाम फिर्ता लिएका हुन् ।


नाम फिर्ता लिन निर्वाचन आयोग पुगेका भट्टराईले दमौली न्यूजसँग कुरा गर्दै आफू प्रत्यक्ष निर्वाचन लड्ने घोषणा गरे । यस अघि पनि पटक पटक प्रत्यक्षमा नाम सिफारिस भए पनि समानुपातिकमा परेकाले भट्टराईले प्रत्यक्ष नै चुनाव लड्ने आफ्नो मनस्थिति बनाएको बताइन्छ । स्थानीय समितिहरुले पनि उनलाई प्रत्यक्ष उम्मेदवार बन्नका लागि दबाब दिंदै आएका छन् ।

उनले अब आफू प्रत्यक्षतर्फ चुनाव लड्ने र तनहुँ १ बाट नै चुनाव लड्ने घोषणा गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी